सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बँदेलको आक्रमणबाट वृद्धको मृत्यु, तीन घाइते

२०७८ माघ ११, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जङ्गली बँदेलको आक्रमणबाट बैतडीमा एक वृद्धको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् ।

मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–१ घोरडीका ७७ वर्षीय मनोरथ जोशी रहेका छन् । उनको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा आज मृत्यु भएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । सोमबार साँझ जङ्गलबाट गाउँपसेका जङ्गली बँदेललाई धपाउन खोज्दा उनीहरुमाथि आक्रमण गरेको हो ।

आक्रमणबाट जोशीसहित स्थानीय बल्देव कार्की, वीरभान सार्की र हरिदत्त जोशी घाइते भएका थिए । अर्का घाइते कार्कीको धनगढीमा तथा सार्की र जोशीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

देउवाले गरे खुमबहादुर खड्काको शालिक अनावरण

जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव

सरकारले तोक्यो चैते धानको समर्थन मूल्य

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा

आइतबारदेखि मौसममा सुधार हुने

घोप्टेभिरमा सडक ढलान

कस्तो छ आजको मौसम ?

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

चैते धानमा किसानको आकर्षण बढ्दै

लोकमार्ग छेउछाउमा बढ्दै बस्ती

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमयुर गणना सुरु