सदाबहार खबरको रफ्तार ....
चैत्र १५, २०८० बिहिबार
March 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेकपा माओवादी खोटाङ संयोजकमा पाण्डे चुनिए

२०७८ माघ ११, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा माओवादी केन्द्र खोटाङको संयोजकमा दीपक पाण्डे चुनिएका छन् । तत्कालीन जिल्ला संयोजक देवान किराँती (पृथ्वी) नेकपा माओवादी केन्द्र प्रदेश कमिटीको उपाध्यक्ष चुनिएपछि सो स्थानमा पाण्डेलाई अघि सारिएको हो । नेकपा माओवादी केन्द्र प्रदेश कमिटीको मंगलबार बसेको बैठकले पाण्डेलाई जिल्ला संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्र खोटाङको कोषाध्यक्ष, एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको कार्यालय सदस्य, एमाले र माओवादी केन्द्र अलग भएपछि माओवादी केन्द्रको दिप्रुङ चुईचुम्मा गाउँपालिका इन्चार्ज तथा प्रदेश कमिटी सदस्य बनेका पाण्डेलाई जिल्ला संयोजक तोकिएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

नेकपा माओवादी उदयपुरमा विनोद कट्वाल, सोलुखुम्बुमा असीम राई, भोजपुरमा नगेन्द्र भुजेल, तेह्रथुममा इन्द्र इम्सुङ, संखुवासभामा टेकमान राई, पाँचथरमा होमबहादुर जबेगु र इलाममा सोममाया राईलाई संयोजक तोकेको छ ।

बैठकले बुधबार हुने राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारको पक्षमा मतदान गर्न आव्हान गर्दै विजयी गराउने, पहिचानको आधारमा भएको प्रदेश २ को नामाकरणलाई स्वागत गर्दै प्रदेश १ को नामकरण पहिचानकै आधारमा गर्नका लागि चौतर्फी दबाब सिर्जना गर्ने निर्णय भएको नेकपा माओवादी केन्द्र प्रदेश कमिटी उपाध्यक्ष देवान किराँती (पृथ्वी)ले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

देशको विकास र समृद्धि प्रजातन्त्रमा मात्रै सम्भव : सभापति शर्मा

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन :अध्यक्ष ओली

मिलन लिम्बुलाई इलाम- २ को उम्मेदवार बनाउने रास्वपाको निर्णय

कांग्रेसमा खुसी ल्याउन आवश्यक छः महामन्त्री थापा

सुदूरपश्चिमका दुई मन्त्रीद्वारा पदभार ग्रहण

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

बा र भगवान प्रश्नभन्दा माथि छन्: गगन थापा

नागरिक उन्मुक्ति पार्टीका दुई मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी

उपनिर्वाचनः सत्ता गठबन्धन दलहरुले छुट्टाछुट्टै उम्मेदवारको नाम घोषणा गर्दै

नेकपा (एमाले) कास्कीमा क्षेत्री विजयी

रास्वपाबाट उपनिर्वाचनमा उम्मेदवार बन्न ६ जनाको दाबी

परम्परागत होइन, उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्नुस् ः प्रधानमन्त्री दाहाल