सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कर्णाली प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको मतदान सुरु

२०७८ माघ १२, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय सभा निर्वाचनको लागि कर्णाली प्रदेशमा मतदान सुरु भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि तोकिएको अस्थायी मतदान केन्द्र वीरेन्द्रनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान सुरु भएको हो ।

कर्णाली प्रदेशमा तीन सदस्यका लागि लागि छ जनाको उम्मेदवारी परेको छ । कर्णालीमा एक महिला, अन्य एक र अपाङ्गता् ÷अल्पसङ्ख्यक कोटामा गरी तीन सदस्यका लागि मतदान सुरु भएको हो ।

निर्वाचनका लागि कर्णाली प्रदेशमा तीन दलीय गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा छ । कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजबादी) पार्टीले गठबन्धन गराएका छन् ।

एमालेबाट सुर्खेतका चुडामणी शर्मा (खुला), जुम्लाकी गंगा महत(महिला) र दैलेखका पदमबहादुर माझी ( अल्पसंख्यक) उम्मेदवार रहनु भएको छ ।

गठबन्धनको तर्फबाट कांग्रेसकी दुर्गाकुमारी गुरुङ (सुर्खेत), नेकपा माओवादी केन्द्रका नरबहादुर बिष्ट(सुर्खेत) र नेकपा एकिकृत समाजबादीका उदय बोहोरा(सल्यान) उम्मेदवार रहनु भएको छ । गुरुङ महिलाबाट, बिष्ट अपांगताबाट र बोहोरा अन्यबाट उम्मेदवारी दिनु भएको हो ।

कर्णालीमा गठबन्धन बलियो देखिएको छ । कर्णाली प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि कर्णाली प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता गरी १९१ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

राष्ट्रिय सभाको बैठक बस्दै

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा

दुई संसदीय समितिको बैठक बस्दै

राष्ट्रलाई एकताबद्ध गर्ने भूमिका राष्ट्रियसभाको होः अध्यक्ष दाहाल

तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको हो : अध्यक्ष दाहाल

तीन वटा संसदीय समितिको बैठक बस्दै

संघीय संसदका पाँच समितिको बैठक बस्दैँ

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा सात जना मनोनयन

राष्ट्रिय सभाको बैठक एक साता पछि बस्ने गरी स्थगित

श्रीलंका टापुको बस्ती स्थानान्तरण गर्न सुझाव, प्रतिवेदन राष्ट्रिय सभामा पेस

संसद्‌मा कांग्रेसको प्रश्न: लामिछानेलाई बुर्लुक्क उफ्रिएर स्वार्थ बाझिने मन्त्रालय किन चाहियो ?