सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

स्मार्टफोनबाट यसरी शेयर गर्नुहोस् वाई-फाईको पासवर्ड

२०७८ माघ १२, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एक समय थियो, जब आफन्त वा साथीभाइसँग भेट हुँदा सुरुमा चियापानी सोधिन्थ्यो । तर अब भने वाई-फाईको पासवर्ड अफर नगरे रित्तो हातको स्वागत जस्तै हुन्छ ।

यस्तोमा झट्ट पाहुनालाई वाई-फाईको पासवर्ड दिन सँधै पासवर्ड याद नभइदिन पनि सक्छ । कतिपयलाई पासवर्ड टाइप गर्न अलि झमेला जस्तो लाग्नसक्छ । त्यसैले आज हामी तपाईँलाई एन्ड्रोइड स्मार्टफोनबाट वाई-फाईको पासवर्ड शेयर गर्ने सजिलो तरिका बारे बताउँदै छौँ ।

एन्ड्रोइड स्मार्टफोनमा क्यूआरकोडको प्रयोग गरी सजिलै वाई-फाई शेयर गर्न सक्नुहुन्छ । यसका लागि आफ्नो मोबाइलमा वाई-फाई खोल्नुहोस् ।

त्यहाँ वाई-फाई सिग्नलमा लिस्ट देखिन्छ । यदि तपाईंको फोन वाई-फाईमा कनेक्ट छ भने सम्बन्धित वाई-फाई सिग्नल सबैभन्दा माथि देखिन्छ । अब तपाईँले आफ्नो फोनमा कनेक्ट भएको वाई-फाई नेटवर्कमा क्लिक गर्नुपर्ने हुन्छ ।

यति गरिसकेपछि क्यूआर कोड देखिन्छ । कहिलेकाहीँ क्यूआर कोड शेयर गर्नुअघि तपाईंको फिङ्गरप्रिन्ट पनि माग्न सक्छ । जुन तपाईँको फोनको सेटिङमा निर्भर गर्दछ । अब तपाईँ अर्को मोबाइलको इन्टरनेट सेटिङमा जानुहोस् ।

अथवा स्मार्टफोनको क्यामेराबाट सोझै क्यूआर कोड स्क्यान गर्नुहोस् । उपलब्ध नेटवर्कहरूको सूचीको तल नेटवर्कका थप्ने विकल्प हुन्छन् । यसको दायाँपट्टि, तपाईंले अर्को QR कोड आइकन देख्नुहुनेछ ।टेकपानाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

आइएमई पेको नयाँ अफर सार्वजनिक

सस्तो मूल्यमा उत्कृष्ट सुविधा प्रदान गर्ने रेडमी १२ सी

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा दश हजार कर

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेट १२ करोड रुपैयाँले बढ्यो

च्याटजीपीटीको मोबाइल एप चलाउने संख्या बढ्दै

यी हुन् ट्वीटरमा सर्वाधिक फलो गरिएका व्यक्तिहरु, कुन देशमा ट्वीटर प्रयोगकर्ता कति ?

अब भवन निर्माणमा पनि ‘गो ग्रीन’ मा जाऔं : विज्ञ

अब ह्वाट्सएप युजरनेमबाट पनि प्रयोग गर्न सकिने !

शुक्रबार १ घण्टा ४५ मिनेटका लागि इसेवाका सेवा अवरूद्ध हुने

‘आईएमई पे’ र केटीएम बबल टीबीच सम्झाैता, फोनपे क्यूआर स्क्यान गरी भुक्त्तानी गर्दा छुट