सदाबहार खबरको रफ्तार ....
बैसाख १३, २०८१ बिहिबार
April 25, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

समायोजन भएका कर्मचारी सङ्घमा फर्काउन नपर्ने आदेश

२०७८ माघ १२, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सर्वोच्च अदालतले नेपालको संविधान जारी भए पनि सरकारले गरेको कर्मचारी समायोजनलाई कानूनसम्मत भएको उल्लेख गर्दै समायोजन भएका कर्मचारीलाई पुनःसङ्घीय निजामती सेवामा फर्काउन नपर्ने निर्णय गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको पूर्ण इजलासले आज समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीलाई सङ्घमा ल्याउन नपर्ने फैसला सुनाएको हो ।

“समायोजित भई प्रदेश र स्थानीय तहमा गएका कर्मचारीको हकमा फराकिलो वृत्तिविकासको अवसरको सुनिश्चितता, वर्गीकृत भौगोलिक क्षेत्रको कार्यानुभव प्राप्त गर्न पाउने अवसरको उपलब्धता गराउनु”, फैसलामा भनिएको छ, “त्यसको अभिलेख व्यवस्थापन तथा समायोजनका सम्बन्धमा देखापरेका गुनासोको सम्बोधनलगायत सकारात्मक उत्प्रेरणाका लागि आवश्यक नीतिगत कानूनी र व्यवस्थापनीय प्रबन्ध गर्नु ।”

त्यस्तै सर्वोच्च अदालतले लोकसेवा आयोगबाट विज्ञापन गरिएको पदको अन्तिम नजिता रोक्ने सम्बन्धमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गत भदौ ३ गतेको निर्णय बदर गरी विज्ञापनको परीक्षाफल प्रकाशित गर्न आदेश जारी गरेको छ । अदालतले स्थगित गरिएका विज्ञापनको परीक्षाफल प्रकाशन गर्नेसमेत कार्य यथाशीघ्र गर्नु भनी सरकारका नाममा परमादेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ :प्रधानमन्त्री

उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंबेदनशील

यी हुन् मन्त्रिपरिषद् बैठकका तीन निर्णयहरु

मनमोहन जनताको सच्चा मित्रः पूर्वराष्ट्रपति भण्डारी

ल्हासामा नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिदैँ

राष्ट्रिय विकास परिषदको बैठक आज बस्दै

उपनिर्वाचनको मौन अवधि शुरु, के के गर्न पाइदैन ?

बागमतीको हिउदे अधिवेशन अन्त्य गर्न सिफारिस

काँग्रेस सांसद गुरुङको निलम्बन फुकुवा