सदाबहार खबरको रफ्तार ....
बैसाख ४, २०८१ मंगलबार
April 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चाँदीका गरगहनासहित दुई पक्राउ

२०७८ माघ १२, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चितवनमा चाँदीका विभिन्न गरगहनासहित दुई जना पक्राउ परेका छन् । भरतपुर विमानस्थलबाट चाँदीका गरगहनासहित उनीहरूलाई मङ्गलबार पक्राउ गरिए पनि आज मात्रै प्रहरीले घटना सार्वजनिक गरेको हो । विमानस्थल सुरक्षामा खटिएको प्रहरी टोलीले कार्गोमार्फत काठमाडौँ पठाउने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउपर्नेमा पर्साको वीरञ्गज महानगरपालिका–१५ बस्ने वर्ष ३० का ओमप्रकाश साह सोनार र बारा नरही–६ घर भई हाल वीरगञ्ज–१६ बस्ने वर्ष ३२ का अजयकुमार सर्राफ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो ।

उनीहरूले कपडाको झोलामा उक्त चाँदीका गरगहना काठमाडौँ पठाउन लागेका थिए । एक्स–रे मेसिनमा झोला राखेर जाँच गर्दा मेटलका चिजबस्तु रहेको पाइएपछि सो सामानलाई जाँच गर्दा चाँदी जस्तो देखिने धातुबाट बनेका विभिन्न किसिमका गरगहना फेला परेको थियो । उक्त गहना २४ किलो ९६० ग्राम रहेको प्रहरीले जनाएको छ । यस्तै गरगहनासँग सम्बन्धित बिलसमेत शङ्कास्पद रहेका पाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान गर्न राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सलमान खानको घर अगाडी गोली चलाउने दुई जना पक्राउ

आयोगले सिफारिस गरेका ४३ जनालाई कारवाही गर्न अख्तियारलाई पत्र

धनजित हत्याका तीन आरोपी पक्राउ

अर्काको नागरिकता दुरुपयोग गरी ठगी गरेको आरोपमा ३ जना पक्राउ

जातीय विभेदकाे आराेपमा गाउँपालिकाका पूर्वउपाध्यक्ष पक्राउ

कर्णालीमा आगलागीबाट मानवीय क्षति बढ्दै, एक सातामै छजना को मृत्यु

अस्ट्रेलियाको सिड्नीमा सपिङ मलमा आक्रमण, पाँच जनाको मृत्यु

कर छलेर ल्याइएका छ लाखका सामान बरामद

भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

रौतहटमा एकैदिन ४ युवतीले गरे आत्महत्या

महोत्तरीको बर्दिवासमा २० केजी गाँजा सहित २ जना पक्राउ

लागुऔषधसहित १० कारोबारी पक्राउ