सदाबहार खबरको रफ्तार ....
चैत्र १५, २०८० बिहिबार
March 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा मजदूर बेपत्ता

२०७८ माघ १३, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जिल्लामा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक मजदूर बेपत्ता भएका छन् ।

आज हानथुलुङ दूधकोशी गाउँपालिका ३ पञ्चन क्षेत्रको सुरुङमार्गमा जाने क्रममा ‘बकेट’ चुँडिदा एक जना मजदूर हराइरहेको र एक जनालाई घाइते अवस्थामा उद्वार गरिएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा बारा जिल्ला कोलभी नगरपालिका–१ का २४ वर्षीय राकेश चौधरी रहेको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा घाइते भएका पर्सा जिल्ला पटेरवा गाउँपालिका–४ का २० वर्षीय अङ्गत राय थारुको उद्वार गरी उपचारका लागि एम्बुलेन्समार्फत मिसन अस्पताल ओखलढुङ्गा पठाइएको छ ।

आज करिब ४÷५ बजेको समयमा सुरुङभित्र पेनस्टक पाइप विछ््याउन जाने क्रममा सामग्रीसहित चारजना मजदूर चढेको बकेट बिचमा पुगेर चुँडिएको प्रहरीले जनाएको छ । घटनामा परेका अन्य दुई जनाको अवस्था भने सामान्य रहेको प्रहरी निरीक्षक ढकालले बताउनुभयो ।

हराइरहेका चौधरीको खोजी कार्य जारी रहेपनि अन्य निर्माण सामग्रीका कारण समस्या भइरहेको प्रहरीले जनाएको छ । सुरुङ मार्गभित्र मानिसका साथै निर्माण सामग्री ढुवानीका लागि मेसिनद्वारा सञ्चालन हुने बकेट प्रयोग गर्ने गरिएको आयोजनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

चैते धानमा किसानको आकर्षण बढ्दै

लोकमार्ग छेउछाउमा बढ्दै बस्ती

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमयुर गणना सुरु

कस्तो छ आजको मौसम ?

किसानलाई कृषि प्रविधि सिकाउन नमुना खेती

फोहरको वर्गीकरण गरी बन्चरेडाँडामा कम बिसर्जन गरिने

बैतडीमा विद्यालय गएकी बालिका मृत फेला

अनपढ भनेर कर्मचारीले हेप्न खोजेको कार्यबहाक मेयरको गुनासो

परम्परागत सीप सिकाउँदै ज्येष्ठ नागरिक

काठमाडौं महानगरले राखेको बोर्ड कसले हटायो ?