सदाबहार खबरको रफ्तार ....
बैसाख १४, २०८१ शुक्रबार
April 26, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

छानबिन समितिले यात्रुलाई भन्याे- चार्टर उडानमा बढी भाडा तिरेकाे कागजातसहित निवेदन दिनुस

२०७८ माघ १४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः कोरोना महामारीको समयमा खाडी मुलुकमा काम गर्ने नेपाली श्रमिकको हवाई उद्धार गर्न गरिएको चार्टर उडानमा ताेकिएकाे भन्दा बढी भाडा लिएकाे विषयमा पर्यटनमन्त्री प्रेम आलेले गठन गरेकाे छानबिन समितिले काम सुरु गरेकाे छ ।

मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठिन तीन सदस्यीय छानबिन समितिले यात्रु चार्टर उडानमा तोकिएकोभन्दा बढी भाडा तिर्न बाध्य भई मर्का परेका व्यक्तिले आधिकारिक कागजातसहित सात दिनभित्र इमेलमार्फत निवेदन दिन अनुरोध गरेको हाे ।

काेराेनाकाे पहिलाे चरणमा लकडाउनका बखत अलपत्र परेका व्यक्तिलाई स्वदेश फकार्उन सहजीकरण गर्ने क्रममा अन्तर्राष्ट्रिय यात्रु चार्टर उडानको व्यवस्था भएको थियो ।

सोपश्चात् यात्रु प्रस्थान हुँदा लाग्ने हवाई भाडा सम्बन्धित एयरलाइन्सबाट नेपाल नागरिक उड्डयन प्राधिकरणमा बुझाएको हवाई भाडाभन्दा बढी लिएको भनी प्राप्त भएका विभिन्न गुनासोका आधारमा गुनासोको सम्बोधन गरी छानबिन गर्न मन्त्रालयले हवाई भाडा दर छानबिन समिति, २०७८ गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेप्सेमा सामान्य गिरावट

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

चियाको भारत निर्यातको अवरोध हट्यो

सामान्य बढ्यो नेप्से

लगानी प्रवर्द्धनका लागि अध्यादेश मार्फत कानुनको संसोधन स्वागतयोग्य- महासंघ

मसलामा प्रतिबन्ध लगाएको विषयमा भारतले सिंगापुर र हङकङसँग माग्यो जवाफ

सुनचाँदीको मूल्य बढ्यो

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम

हिमालयन हाइड्रो एक्स्पो २०२४ आजबाट

नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेनः मन्त्री भण्डारी