सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अस्ट्रेलियन ओपनः नाडाल कीर्तिमानी ग्रान्ड स्लामको उपाधि नजिक

२०७८ माघ १४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कीर्तिमानी २१औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका स्पेनिस राफेल नाडाल अस्ट्रेलियन ओपनको फाइनमा प्रवेश गरेका छन् ।

शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा नाडालले माटेओ बेरेटिनीलाई ३-१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।

सुरुआती दुई सेट क्रमशः ६-३ ६-२ ले सहजै जितेका नाडालले तेस्रो सेट ३-६ ले गुमाएका थिए । चौथो सेटमा भने नाडालले ६-३ को सहज जित निकाल्दै फाइनलमा स्थान बनाएका हुन् ।

नाडालले क्वार्टरफाइनलमा क्यानडाका डेनिस सापोभालोभमाथि रोमाञ्चक जित हात पार्दै सेमिफाइनलमा स्थान बनाएका थिए भने बेरेटिनीले गेल मोन्फिल्सलाई पराजित गर्दै नाडालसँगको सेमिफाइनल भेट पक्का गरेका थिए ।

दोस्रो सेमिफाइनल विश्व नम्बर दुई ड्यानियल मेड्भेडेभ र  विश्व वरीयताको चौथो स्थानका स्टेफानोस सित्सिपासबीच हुनेछ । नाडालसँगै रोजर फेडेरर र नोभाक जोकोभिचले समान २० पटक ग्रान्डस्लाम जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बमको शतकका बाबजुत नेपाल ए आयरल्याण्ड वोल्भ्ससँग पराजित

नेपालले २२३ रनको चुनौती पायो

टस जितेर नेपाल ‘ए’ले फिल्डिङ राेजेपछि आयरल्यान्ड ‘ए’ ब्याटिङ गर्दै

इटहरी गोल्डकपको फाइनलमा चर्च ब्वाइज र आर्मी भिड्ने

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

राजस्थान रोयल्सको लगातार दोस्रो जित

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक

कप्तान रोहितको खेलकुदमन्त्रीलाई गुनासोः सरकारले घोषणा गरेको पुरस्कार अझै पाएनौं

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० खेल रद्ध

सनराइजर्स र मुम्बईबीचको हाइ भोल्टेज खेल: ५२३ रन, ३८ छक्का

चैते दसैँमा राष्ट्रियस्तरको कालिका कप भलिबल

आज आयरल्यान्ड ए सँग खेल्दै नेपाली ए टिम