सदाबहार खबरको रफ्तार ....
बैसाख ८, २०८१ शनिबार
April 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विश्वकप ग्लोबल छनोटको उद्घाटन खेल नेपाल र ओमनबीच हुने

२०७८ माघ १४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आइसिसी विश्वकप टी–२० ग्लोबल छनोट ‘ए’ अन्तर्गतको उद्घाटन खेलमा नेपाल आयोजक राष्ट्र ओमानसँग खेल्ने निश्चित भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज सार्वजनिक गरेको टी–२० ग्लोबल छनोटको खेल तालिकाअनुसार नेपाल र ओमनबीच उद्घाटन खेल हुने निश्चित भएको हो ।

ग्लोबल छनोटअन्तर्गत नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स (युएई) छन् । यी आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । जसमा समूह एकमा नेपाल, ओमन, क्यानडा, र फिलिपिन्स छन् भने समूह दुईमा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् । ओमनमा नै आयोजना हुने उद्घाटन खेल आगामी फागुन ६ गते हुनेछ । यस समूहमा फाइनल पुग्ने दुई टोलीले आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी२० विश्वकपमा स्थान बनाउने छन् ।

त्यसैगरी नेपालले आफ्नो दोस्रो खेल फिलिपिन्ससँग फागुन ७ मा खेल्नेछ भने तेस्रो खेल क्यानडासँग फागुन ९ गते खेल्नेछ । नेपालले विश्वकप छनोट खेल्नुअघि चार देशसम्मिलित टी–२० सिरिज खेल्नेछ । ओमानमा हुने उक्त सिरिजमा नेपालसहित युएई, आयरल्यान्ड र घरेलु टोली ओमनबीच प्रतिस्पर्धा हुनेछ । उक्त सिरिज माघ २८ देखि फागुुन २ गतेसम्म हुनेछ ।

नेपालले पहिलो खेल माघ २८ गते ओमानसँग खेल्नेछ भने दोस्रो खेल माघ २९ गते युएईसँग खेल्नेछ । त्यस्तै नेपालले तेस्रो खेल फागुन २ गते आयरल्यान्डसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रिय महिला टीमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट

एसीसी प्रिमियर कपमा तेस्रो स्थानको लागि आज नेपाल र हङकङ खेल्दै

आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै

लखनउले सजिलै हरायो चेन्नईलाई

चेन्नईले लखनउलाई दियो १७७ रनको लक्ष्य, आज पनि धोनीको आक्रामक ब्याटिङ

प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

प्रथम प्रधानसेनापति ह्विलचियर बास्केटबल प्रतियोगिता सम्पन्न

एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने

नेपाललाई पहिलो सफलता, सोमपालको बलमा युएइका कप्तान आउट

नेपालले पाँचौं विकेट गुमायो, दिपेन्द्र आउट

नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल आउट