काठमाण्डौंः २०७७ सालको ‘पवन आलोक नियात्रा पुरस्कार’बाट कुनै एक उत्कृष्ट नियात्राकारलाई सम्मानित गर्ने प्रयोजनका लागि पुरस्कार सिफारिस समितिले अन्तिम पाँच नियात्राकृतिहरूको सूची सार्वजनिक गरेको छ ।
समितिले अन्तिम पाँच कृतिहरूमा उप्रेतीको कालापानी यात्रा, जीवा लामिछानेको देश देशावर, खेमराज पोखरेलको यायावर पाइला, भीष्म उप्रेतीको हिमाल, शेर्पा र यती तथा सरस्वती अर्यालको हिमाल हेर्ने पाइलाहरूलाई सिफारिस गरेका हो ।
‘पवन आलोक नियात्रा पुरस्कार’ कोषकी संस्थापक रेखा कँडेल र नियात्रा समाज नेपालका अध्यक्षका बिच २०७७ फागुन १९ गते भएको लिखित सम्झौता भएको थियो ।
सोहीअनुसार नियात्रा समाज नेपालका अध्यक्षको संयोजकत्वमा कोष संस्थापकका आधिकारिक एक प्रतिनिधि र नियात्रा विधाका एक मर्मज्ञ/स्रष्टासमेत गरी तीन सदस्यीय सिफारिस समिति गठन गरी अघिल्लो वर्ष प्रकाशित भएका नियात्राकृतिहरूको अध्ययन, विश्लेषण र मूल्याङ्कन गर्ने प्रबन्ध मिलाइएको थियो । साहित्यपोष्ट
