सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

धवल पुरस्कार न्यौपाने र श्रेष्ठलाई

२०७८ माघ २४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः गत वर्षको धवल पुरस्कार वरिष्ठ साहित्यकार नीलकण्ठ न्यौपाने र धवल सिर्जना पुरस्कार सांस्कृतिक नगर तानसेन कृतिका लेखक निर्मल श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

धवल पुस्तकालय सञ्चालक समितिको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । धवल पुरस्कार सिफारिस समितिको निर्णयलाई अनुमोदन गरी धवल पुरस्कार न्यौपाने र धवल सिर्जना पुरस्कार श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरिएको हो । धवल पुस्तकालय, पाल्पाद्वारा स्थापित सो पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ ।

पूर्वखोला ३, रिङनेरहका साहित्यकार न्यौपाने भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा साधनारत तथा अठार महापुराणका वाचकसमेत हुनुहुन्छ । यस्तै तानसेन ३ का श्रेष्ठ सांस्कृतिक नगर तानसेन द लिभिङ म्युजियम कृतिका लेखक हुनुहुन्छ । पुरस्कार आगामी फागुन ७ गते प्रजातन्त्र दिवसका दिन प्रदान गरिने पुस्तकालयका महासचिव राजेशकुमार अर्यालले बताउनुभयो ।

पुस्तकालयले अब प्रत्येक वर्ष धवल पुरस्कार र धवल सिर्जना पुरस्कार प्रदान गर्नेछ । विसं १९८३ मा स्थापना भएको धवल पुस्तकालय नेपालकै पहिलो सार्वजनिक पुस्तकालय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन