काठमाण्डौं: हेटौंडा उपमहानगरपालिका–५, पिप्लेस्थित जेनिथ इन्टरनेशनल विद्यालय परिसरभित्रका २ स्कुल बसमा आगजनी भएको छ ।
शनिबार राती ना ७ ख ८७२८ र ना १ क ३२१८ नम्बरको बसमा आगलागी भएको स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
आगलागीबाट एउटा बस पूर्णरूपमा जलेको र अर्को बस आंशिक रुपमा क्षति भएको जनाइएको छ ।
बसमा भएको आगलागी स्थानियवासी र हेटौँडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
आगलागी आफैँ अथवा कसले गरेको भन्ने खुल्न नआएको प्रहरीले जनाएको छ ।
आगलागी भएको स्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक अमर गजमेर र सुरेन्द्र श्रेष्ठसहितको टोली पुगेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
