सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

चुँदीरम्घालाई साहित्यिक गतिविधिको केन्द्र बनाउनुपर्छ: वरिष्ठ नेता पौडेल

२०७८ फागुण २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घा क्षेत्रलाई विश्वका नेपाली भाषा, साहित्य र संस्कृतिकर्मीहरूको गन्तव्यस्थलका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

प्रस्तावित भानु साहित्य उद्यानसम्बन्धी काठमाडौँमा आज भएको वृहत भेलामा वरिष्ठ नेता पौडेलले चुँदीमा भानुभक्तकालीन त्यस क्षेत्रको संस्कृति झल्कने तथा रम्घा डाँडामा बाटुले घर बनाएर रामायणको सचित्र लेखन र नेपाली साहित्यकारहरुको तस्बिर राख्नुपर्ने सुझाव दिनुभयो । सबै प्रदेशका सात प्रसिद्धधाम पनि त्यहाँ बनाउन सकिने भन्दै उहाँले साहित्यिक गतिविधिको केन्द्रका रूपमा चुँदीको विकास कार्यअघि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा डा जयराज आचार्यले विशिष्ट महत्व रहेको चुँदी रम्घालाई स्वदेशी विदेशी भाषा साहित्यप्रेमीको आकर्षकस्थलका रूपमा विकास गर्न सकिने बताउनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य पुष्परमण वाग्ले, पूर्वसचिव शरदचन्द्र पौडेल र साहित्यकार प्रभा कैनीले आवश्यक नीति, कार्यक्रम तथा पूर्वाधार बनाएर उक्त क्षेत्रको विकासका लागि अनवरतरुपमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

सो भेलाले प्रा डा जयराज आचार्यको अध्यक्षतामा प्रस्तावित भानु साहित्य उद्यान कार्यसमिति गठन गरेको छ । संस्थाको संरक्षकमा कांग्रेसका वरिष्ठ नेता पौडेल रहनुभएको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विजयराज भट्टराई, उपाध्यक्षद्वय एकबहादुर राना र प्रा डा व्रतराज आचार्य, महासचिव काशीराज आचार्य, कोषाध्यक्ष रामचन्द्र अधिकारी, सचिव डा शेषरमण न्यौपाने, रामकुमार श्रेष्ठ र बाबुरामसिंह थापा चयन हुनुभएको छ ।

सदस्यमा कर्णबहादुर रानाभाट, धर्मेन्द्र झा, लक्ष्मी आचार्य, नहकुल अधिकारी, श्रीभक्त आचार्य, ओमकुमारी पौडेल, शङ्करनारायण श्रेष्ठ, श्याम मौराती, प्रभा भट्टराई, हरिसिंह गुरुङ र वृन्दा रानाभाट हुनुहुन्छ । विधान मस्यौदा समितिमा यदुनाथ खनाल र बाबुराम आचार्य हुनुहुन्छ ।

कार्यक्रममा डा जयराज, डा व्रतराज र काशीराजले संस्था गठनको उद्देश्य, संरचना र विधानबारे प्रकाश पार्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन