सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

कविता तथा निबन्ध प्रतियोगिताका विजयी पुरस्कृत

२०७८ फागुण ६, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस–२०७८ का अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कविता तथा निबन्ध प्रतियोगिताका विजयीलाई आज पुरस्कृत गरिएको छ ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आज आयोजित कार्यक्रममा ती पुरस्कार प्रदान गर्नुभएको हो । उक्त राष्ट्रिय भावना र लोकतान्त्रिक चेतनाको भावमा आयोजित प्रतियोगितामा कवितातर्फ खोटाङका तेज राई, बैतडीका वासुदेव पाण्डेय ‘प्रभाकर’, ताप्लेजुङका सविता बरालले क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभएको छ ।

निबन्धतर्फ तनहुँका गोविन्दप्रसाद खतिवडा, तेह्रथुमका रेजिना आपगाईं र काठमाडौँका गणेश दङ्गाल क्रमशः प्रथम, द्वितीय र तृतीय बन्नुभएको छ । दुवै विधाका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः जनही रु पचास, चालीस र तीस हजार पुरस्कारको व्यवस्था गरिएको प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले जानकारी दिनुभयो । समारोहमा प्रथम घोषित निबन्ध र कविता वाचन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन