सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

मातृभाषा राष्ट्रिय कविता महोत्सवमा ४० भाषाका ४६ कवि एवं कवयित्री

२०७८ फागुण १०, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्सव २०७८ मा ४० भाषाका ४६ कवि एव कवयित्रीले कविता वाचन गरेका छन् ।

मातृभाषाको संरक्षणका लागि सोमबार आयोजित कार्यक्रममा अछामी भाषाका मनोजकुमार साउद, अठार मगर खाम भाषाका राकेश बिएम ‘चिन्तन’, अवधी भाषाका शवनम श्रीवास्तव, उर्दु भाषाका नासीर मुहमद अन्सार नेपाली, उराँव भाषाका कुमारी सरना उराँव, केवरत भाषाका हेमन्ती केवरत र धिरजकुमार दासले कविता वाचन गर्नुभएको थियो ।

यसैगरी खस भाषाका नवीन न्यौपाने, गुरुङ भाषाका तेजबहादुर गुरुङ, घले भाषाका गणेशबहादुर घले, चाम्लिङ राई भाषाका सहस्रा राई, जिरेल भाषाका टीकाभक्त जिरेल, डोटेली भाषाका सरस्वती भाट धामी र राजेन्द्र तारकिणी, ढुट मगर भाषाका हिरामती राना सिञ्जाली, ताजपुरिया भाषाका सपनाकुमारी ताजपुरिया, तामाङ भाषाका अनिता तामाङ, तीन गाउँले थकाली भाषाका रामबहादुर थकाली, थामी भाषाका रुपाकुमारी थामीले पनि आ–आफ्ना भाषामा लेखिएका कविता वाचन गर्नुभएको थियो ।

थारू डङ्गोरा भाषाका जुनु थारू, थारू मध्य (चितवनीया) भाषाका सावित्री चौधरी, थुलुङ भाषाका सुवोध राई, दनुवार भाषाका रमेशकुमार दनुवार, दुरा भाषाका सीता दुरा, देवास राई भाषाका विष्णु देवास राई, धिमाल भाषाका गणेशमान धिमाल, नाछिरिङ भाषाका प्रतापसिह नाछिरिङ, नेपाल भाषाका ओमनरहरि श्रेष्ठ र काशीराम विरास, बज्जिका भाषाका सन्दीपकुमार साह, बान्तवा राई भाषाका सुमन राई र शुक्र बान्तवाले पनि मातृभाषामा रचना गरिएको कविता सुनाउनुभएको थियो ।

बायुङ राई भाषाका किशोर बायुङ राई, भोजपुरी भाषाका ऋतिक यादव, मगही भाषाका मुरलीप्रसाद यादव, मेचे भाषाका रोशनी मेचे, मैथिली भाषाका राकेशकुमार झा ‘रसिक’ र रुपेशकुमार सदाय, राजवंशी भाषाका अजयप्रसाद राजवंशी, बाम्बुले राई भाषाका एलिना बाम्बुले राई र रवि बाम्बुले राई, शेर्पा भाषाका आङ्गडेण्डी शेर्पा, सन्थाली भाषाका शिवु मुर्मु, सुनुवार भाषाका सपना सुनुवार, संस्कृत भाषाका प्रा डा विष्णुप्रसाद देवकोटा र हायु भाषाका गुना हायुले पनि मातृभाषामा कविता वाचन गर्नुभएको थियो ।

प्रतिष्ठानले नेपालका सबै मातृभाषा संरक्षण गर्ने उद्देश्यले ११ वर्ष अघिदेखि २१ फेब्रुअरीका दिन महोत्सव आयोजना गर्दै आएको छ । कार्यक्रमका लागि ४० भाषाका ९७ कविता प्राप्त भएकामा छनोट उपसमितिले ४६ वटा चयन गरेको थियो । कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा जगमान गुरुङ, सदस्य सचिव प्रा जगतप्रसाद उपाध्याय, कार्यक्रम संयोजक एवं साहित्य (मातृभाषा) विभाग प्रमुख लक्ष्मी मालीलगायतले गत वर्ष मातृभाषामा प्रतिष्ठानले प्रकाशन गरेका कविता एवं साहित्यका पुस्तक संयुक्तरूपमा विमोचन गर्नुभएको थियो ।

कार्यक्रमका सहभागीलाई प्रमाण पत्र दिँदै उहाँहरूले मातृभाषा संरक्षणका लागि प्रतिष्ठानले निरन्तर काम गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन