सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘अपराजित योद्धा’ र ‘बादल फाटेपछि’ विमोचन

२०७८ फागुण ११, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः पाल्पामा दुई कथा सङ्ग्रह विमोचन गरिएको छ । साहित्यकार शान्ता शाक्यद्वारा रचना गरिएको ‘अपराजित योद्धा’ र ‘बादल फाटेपछि’ कृतिको विमोचन गरिएको हो ।

पत्रकार मेघराज शर्माले दुवै कृतिको विमोचन गर्दै कथासङ्ग्रह प्रकाशन गर्न सफल कथाकार शाक्यलाई बधाई दिनुुभयो । यी कृति सरल भाषामा मार्मिक सामाजिक यथार्थलाई उजागर गरी लेखिएको उहाँले बताउनुभयो ।

उपप्राध्यापक अर्चना शाक्यले बादल फाटेपछि कृतिका सम्बन्धमा दसैँ कसको (२०४६) कथाका माध्यमबाट औपचारिकरूपमा साहित्यमा प्रवेश गर्नुभएकी शाक्यले कविता, कथा, निबन्ध, समालोचना आदि विधामा कलम चलाएको बताउनुभयो । बादल फाटेपछि कृतिमा १५ कथा समेटिएका छन् । यसमा सामाजिक यथार्थका साथै नारी समस्याको उठान गरिएको छ ।

साहित्यकार कमल खत्रीले ‘अपराजित योद्धा’ माथि टिप्पणी गर्दै समसामयिक यथार्थ र समस्यामा केन्द्रित रहेर कथा सिर्जना गरिएको बताउनुभयो । ग्रामीण जीवनको सरलता र कुटिल सहरिया जीवनप्रतिको वितृष्णा भाव मुखरित भएको उहाँको ठहर छ ।

कथाकार शाक्यले माइतीको न्यानो आँगनमा दुई कृति सार्वजनिक गर्न पाएकामा गौरवको अनुभूति भएको बताउनुभयो । साहित्यकार राजेन्द्रगोपाल सिंहले पाल्पाको साहित्यको पृष्ठभूमिमा महिला साहित्यकारको अवस्था उजागर भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन