सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

प्रज्ञाको पुस्तक प्रदर्शनीमा उल्लेख्य पाठक

२०७८ फागुण १३, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले यही फागुन १ गतेदेखि सुरु गरेको पुस्तक प्रदर्शनीमा पाठकको भीड लाग्न थालेको छ ।

कोरोना जोखिम कायमै रहेका बेला पनि सोचेभन्दा धेरै पाठक पुस्तक प्रदर्शनीमा आएको प्रतिष्ठानका व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिनुभयो । प्रदर्शनीमा दर्शनाचार्य (एमफिल) मा अध्ययनरत नेपाली, समाजशास्त्र, लोकसाहित्यलगायत विषयका अनुसन्धाताले बढी पुस्तक खरिद गरेका छन् । विभिन्न विषयमा स्वतन्त्र रुपमा अनुसन्धान गरिरहेका र विभिन्न पुस्तकालयका लागि पुस्तक खरिद गर्न आउनेको भीड लागेको छ । फागुन १ देखि फागुन १२ गतेसम्म करिब रु चार लाखको पुस्तक बिक्री भएको उहाँले सुनाउनुभयो ।

प्रदर्शनीमा यसपटक ‘नेपाली लोक विश्वास’, ‘भरतनाट्यशास्त्रम्’, ‘प्रज्ञा शैक्षणिक व्याकरण’ र दर्शन शास्त्रसम्बन्धी धेरै पुस्तक बिक्री भएका छन् । नेपाली बृहत् शब्दकोश पनि उल्लेख्य मात्रामा बिक्री भएको बताइएको छ । प्रदर्शनी फागुन १५ गतेसम्म जारी रहनेछ । यसपछि नयाँ वर्षका अवसरमा पनि प्रतिष्ठानले पुस्तक प्रदर्शनी गर्ने जनाएको छ ।

प्रदर्शनीमा साहित्य, समालोचना, बाल साहित्य, कोश, कथा, कविता, इतिहास, लोकसाहित्य, संस्कृति, ललितकला, सङ्गीत, विभिन्न ‘जर्नल’ गरी ५०० प्रकारका पुस्तक एवं पत्रपत्रिका राखिएका छन् । प्रदर्शनीमा १५ देखि ४० प्रतिशतसम्म सहुलियतमा पुस्तक बिक्री भइरहेको छ । नेपाली बृहत् शब्दकोश एउटा किन्दा १५ प्रतिशत र दुईवटा किन्नेलाई २० प्रतिशत सहुलियत दिइएको छ । प्रदर्शनीमा प्रतिष्ठानका १० नयाँ प्रकाशन राखिएका छन् । थप गरिएका प्रकाशनमा ‘नेपाली लोक विश्वास’, ‘नेपाली निघण्टु’, ‘प्रज्ञा शैक्षणिक व्याकरण’, ‘काठमाडौँ उपत्यकाका केही जात्रा’ लगायत छन् ।

प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान एवं सांस्कृतिक संस्थानबाट प्रकाशन गरिएका पुस्तक एवं पत्रपत्रिकासमेत राखिएका छन् । ललितकला प्रज्ञा प्रतिष्ठानका प्रकाशनमा भने ५० प्रतिशतसम्म सहुलियत दिइएको छ । प्रतिष्ठानका प्रकाशन बिक्रीका लागि प्रदर्शनी सहायक सिद्ध हुने आशा गरिएको छ । प्रतिष्ठानले सधैँका लागि प्रदर्शनी कक्ष राख्ने तयारी गरेको जानकारी गराएको छ । प्रतिष्ठानले कस्ता प्रकाशन पाठकसामु ल्याएको छ भन्ने जानकारी दिन पनि प्रदर्शनी उपयोगी भएको छ ।

यसअघि राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा गत पुस २५ गतेदेखि आयोजना गरिएको प्रदर्शनी कोरोना भाइरसको तेस्रो लहर बढ्न थालेपछि माघ पहिलो साता स्थगित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन