सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

आचार्यका चार कृति लोकार्पित

२०७८ फागुण १४, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले साहित्यकार खिमानन्द आचार्यद्वारा लिखित विभिन्न विधाका चार कृतिको आज आयोजित कार्यक्रममा लोकार्पण गर्नुभएको छ ।

‘डिभर्ना–काठमाडौँ समाज’ द्वारा आयोजित कार्यक्रममा आचार्यको कवितासङ्ग्रह ‘आस्थाका प्रतिबिम्बनहरू’, कथासङ्ग्रह ‘पागल बस्ती’, लघुकथासङ्ग्रह ‘पश्चाताप’ र गीतिसङ्ग्रह ‘मनका तरङ्ग’ को विमोचन गरिएको हो । विगतमा गोरखापत्र संस्थानका प्रशासकीय अधिकृत रहेका आचार्य संयुक्त राज्य अमेरिकामा केही वर्षको बसाइपछि साहित्यिक कोसोली लिएर हाल स्वदेश फर्कनुभएको हो ।

कुलपति उप्रेतीले स्रष्टा आचार्यले आफूले देखे भोगेका सङ्घर्ष र अनुभवलाई सिर्जनामा उतारेर राष्ट्रलाई गुन लगाएको बताउनुभयो । समीक्षकहरूले आचार्यका कृतिमा देशप्रेम, मानवीय चेतना, विकृति र विसङ्गति विरुद्धका सन्देश र समसामयिकता पाइएको टिप्पणी गरेका थिए । आचार्यका कृतिहरूमाथि साहित्यकार एवं समालोचकहरू डा मोदनाथ प्रश्रित, विष्णु प्रभात, डा राजाराम सुवेदी र श्रीओम श्रेष्ठ ‘रोदन’ ले समीक्षा गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन