सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘वीरग्रन्थ’ पुस्तक बजारमा

२०७८ फागुण १७, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः भक्तपुर निवासी नेपाली कांग्रेसका योद्धा एवं वरिष्ठ साहित्यकार, लेखक तिलकप्रकाश कायस्थको प्रजातन्त्र प्राप्तिका लागि योगदान दिने लोकतान्त्रिक योद्धाको सङ्घर्षका यथार्थ विवरण समेटिएको पुस्तक ‘वीरग्रन्थ’ आजबाट बजारमा आएको छ ।

कायस्थले सङ्कलन गरेर लेख्नुभएको ‘वीरग्रन्थ’ लाई सुवर्ण स्मृति परिषद्ले प्रकाशनमा ल्याएको हो । पुस्तकमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा आफ्नो जीवन आहूति गर्ने शहीद एवं लोकतान्त्रिक आन्दोलनका योद्धाहरुको योगदानकाबारेमा विस्तृत चर्चा गरिएको पुस्तक प्रकाशक संस्था सुवर्ण स्मृति परिषद्का अध्यक्ष उद्धव ढुङ्गानाले जानकारी दिनुभयो ।

आजबाट बजारमा आएको उक्त पुस्तकमा नेपालका प्रथम शहीद लखन थापादेखि विसं १९९७, २००७, २०४६ हुँदै २०६२÷६३ को जनआन्दोलनसम्मका ६० जना शहीद तथा वीर योद्धाहरुको सङ्घर्षका कथा समेटिएर प्रकाशनमा ल्याएको उहाँले जानकारी दिनुभयो ।

प्रजातन्त्र प्राप्तिका लागि वीर योद्धा एवं प्रजातन्त्र सेनानीले गरेको शारीरिक एवं मानसिक सङ्घर्षका साथै राणाकालदेखि राजतन्त्रसम्मले जनतामाथि गरेको दमन र जीवन भोगाइकाबारेमा पुस्तकमा जानकारी दिएको लेखक कायस्थले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपालको प्रजातन्त्र र स्वतन्त्रता प्राप्तिको आन्दोलनमा राणाकालदेखि राजातन्त्रसम्मले योद्धा र उनीहरुको परिवारलाई जेलमा दिइएको यातना, हत्या, जेलमै मृत्युवरण यथार्थता, जेलबाट छुटेपछि घर पुगेर भएका मृत्युदेखि बाल शहीदसम्मका जीवनलाई समेटिएर सङ्ग्रहित पुस्तक ‘वीरग्रन्थ’ पाठक माझ ल्याउन सफल भएका छौँ ।”

वीर योद्धाको यथार्थ जीवनी सङ्कलन गरेर पुस्तक तयार पार्न करिब चार वर्ष लागेको भन्दै लेखक कायस्थले पुस्तकको स्वरुपमा ल्याउन खोज, अनुसन्धान, ऐतिहासिक पुस्तक, स्रोत सामग्री एवं तत्कालीन पत्रपत्रिकाको अध्ययन गरेर यथार्थ रुपमा पुस्तकमा चित्रण गरिएको जानकारी दिनुभयो । पुस्तकमा ६० जना याद्धाको जीवनीलाई समेटिए पनि प्रजातन्त्रको आन्दोलनमा होमिएका अरु धेरै योद्धाको यस्तै जीवनी समेटेर पुस्तक प्रकाशन गर्न यसको दोस्रो भाग पनि लिएर आउने प्रकाशक संस्था परिषद्का अध्यक्ष ढुङ्गानाले बताउनुभयो ।

यो कृति लेखक कायस्थको १४औँ कृति हो भने उहाँले प्रजातन्त्र दिवसको अवसरमा यहीँ फागुन ७ गते ‘झुक्न नजानेका राष्ट्रवादी नेता बिपी कोइराला’ नामक पुस्तक पनि सार्वजनिक गर्नु भएको थियो । यसअघि पनि उहाँका नेपाल भाषाका ‘योमरी’ (उक्ति सङ्ग्रह), ‘धनमाया’ (लघुखण्ड काव्य), ‘यौन ज्ञान मनोविज्ञान’, ‘नुगः जः’ (निबन्ध सङ्ग्रह), ‘वयागु हाथ्या’ (कथा सङ्ग्रह), ‘ख्वबि झसुका’ (शोक काव्य), ‘उत्सर्ग’ (कविता सङ्ग्रह), ‘कमला’ (कथा सङ्ग्रह), नेपाली भाषाका ‘परिवार नियोजन के, किन, कसरी’ (लेख सङ्ग्रह), ‘यौन ज्ञान मनोविज्ञान’ (लेख सङ्ग्रह), ‘शारदा’ (शोक काव्य), ‘लक्ष्मण रेखा’( निबन्ध सङ्ग्रह) प्रकाशन भइसकेका छन् भने जीवन दर्शन प्रकाशनको तयारीमा रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन