सदाबहार खबरको रफ्तार ....
बैसाख ३०, २०८१ आइतबार
May 12, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नाटक ‘शिरीषको फूल’ मञ्चन हुने

२०७८ फागुण १९, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नाटकले    दोस्रो    विश्वयुद्धपछिको मानवीय   संवेदना   र   विसङ्गत सामाजिक परिवेशलाई आधार बनाएर युद्धबाट  फर्केको  सुयोगवीर  सिंह  र एक सम्भ्रान्त परिवारसँगको सम्बन्धको कथा  भन्छ ।

तत्कालीन  परिवेशमै फरक   चेतना   बोकेकी   सकमबरी सुयोगवीरको   युद्धको   विस्मृति   र विक्षिप्तताको ऐना बनेर आउँछे । ४५    वर्षसम्म    अविवाहित सुयोगवीरको महिलाप्रतिको दृष्टिकोण  र  २४  वर्षे  सकमबरीको आत्मसम्मान,  स्वच्छन्दताका  साथै स्वतन्त्रताको  दर्शनबीच  उत्पन्न  हुने अन्तद्र्वन्द्व  नाटकमा  छ ।

समग्रमा पितृसत्तात्मक  चिन्तन  र  नारीवादी चेतनाबीचको  विमर्श  नै  ‘शिरीषको ‘फूल’ को अन्तर्वस्तु हो । उपन्यासलाई  ‘चौथो  आयाम’ समूहले   नाटकीकरण   गरेका हुन् भने  परिकल्पना  केदार  श्रेष्ठ तथा   निर्देशन   अञ्जान   प्रदीपले गरेका हुन् ।

नाटकलाई  थिएटर मल–कीर्तिपुर  रङ्गमञ्चले  प्रस्तुत गर्दैछ । नाटकमा  समृद्धि  नेपाल, सञ्जय  विश्वकर्मा,  हाङ  ओ  हाङ राई, मञ्जु महर्जन, अस्िमना भारती, जेनी   सुनुवारलगायतको   अभिनय रहेको  छ  भने  मञ्च  व्यवस्थापन र   सहनिर्देशन   शिव   परियारले गर्दैछन् ।

अहिले धमाधम नाटकको रिहर्सलका  साथै  मञ्च  निर्माणका कार्य भइरहेका छन् । गोरखापत्र दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

न्युजिल्यान्डमा बाल पुस्तक “नेपाली मातृभाषा क ख कोसेली” लोकार्पण

आचार्यलाई ‘शब्दयात्रा अङ्गुरबाबा जोशी शिक्षक सम्मान’ प्रदान गरिने

गण्डकी प्रज्ञा–प्रतिष्ठानले सातजना स्रष्टालाई सम्मान गर्ने

महोत्तरीका वरिष्ठ पत्रकार गोपाल बराललाई प्रेस स्वतन्त्रता सेनानी पदवीवाट सम्मान

‘आमसञ्चारको परिचय’ पुस्तक बजारमा

लिपिबद्ध गरिँदै साल्पा-सिलिचुङको मुन्दुमी मिथक

मेयर बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक

छिन्नलता गीत पुरस्कारको घोषणा

जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी

तारिणीप्रसाद कोइरालाको उपन्यास “प्रभा” सार्वजनिक

‘आर्टिष्ट कलाकारलाई स्थानीय स्तरबाट संरक्षण गर्नुपर्छ’

‘विनोद–सुमन’ पत्रकारिता पुरस्कारको घोषणा