सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सष्ट्रा विकद्वारा लिखित दुई पुस्तक विमोचन

२०७८ फागुण २८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः व्यास नगरपालिका–२ निवासी विनोदकुमार विक (विकास)द्वारा लिखित दुई पुस्तक आज दमौलीमा विमोचन गरिएको छ । ‘जातीय प्रथाको मारमा दलित समुदाय’ र ‘लोकतन्त्रमा नेपाली जनता’ नामक पुस्तकको विमोचन गरिएको हो । प्रगतिशील लेखक सङ्घ तनहुँको चौथो सम्मेलनका अवसरमा सङ्घका केन्द्रीय सल्लाहकार डा कृष्णराज अधिकारी र सङ्घका केन्द्रीय सदस्य नारायण मरासिनीले उक्त पुस्तकको बिमोचन गर्नुभयो ।

उक्त पुस्तकको समालोचना परशुराम कोइराला र वाम बुद्धिजीवी डम्बरदेव कैनीले गर्नुभयो । पुस्तकमा देशमा पटक–पटकको आन्दोलनपश्चात व्यवस्था फेरिए पनि नेपाली जनताको जीवनमा परिवर्तन आउन नसकेको चित्रण गर्न खोजिएको छ । देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भइसक्दा पनि दलित समुदायप्रति हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउन नसकेको भाव पुस्तकमा उल्लेख गरिएको छ ।

त्यसैगरी सर्वशक्तिमान चेतना प्राणीका रूपमा मानिस भएकाले जातीय, वर्गीय र लिङ्गीय आधारमा गरिने विभेदको अन्त्य गरिनुपर्ने लेखमार्फत जोड दिइएको छ । समालोचकद्वयले लेख समय सापेक्षित भएको र केही सुधार गर्नुपर्ने देखिएकाले सुधार गर्दै अघि बढ्न लेखकलाई सुझाव दिएका थिए । डा कृष्णराज अधिकारीले जुनसुकै विचार, पार्टी, समूहमा आवद्ध भए पनि गलत कुरालाई गलत हो भनेर प्रश्न उठाउन सक्ने हिक्मत लेखकमा हुनुपर्ने बताउनुभयो । कलमका माध्यमबाट साहित्यकारले समाज परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने समय आएको उहाँले जोड दिनुभयो ।

त्यसैगरी नारायण मरासिनीले लेखक विकले नेपाली साहित्य क्षेत्रमा नयाँ आयाम थप्ने कार्य गरेको बताउनुभयो । जसले अनुभूति गरेको हुन्छ त्यसको यथार्थ चित्रण उसैले मात्रै गर्न सक्ने हुँदा लेख सान्दर्भिक रहेको उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन