काठमाण्डौं: नेपाली सेनाले सेवा अवधि पुरा भएको एकथान एलोइट थर्ड हेलिकोप्टर त्रिभुवन विश्वविद्यालयको ईन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोक क्याम्पसलाई सहयोग स्वरुप सुम्पेको छ।
सेनाले २ चैत्र २०७५ मा अन्तिम उडान गरेको हेलिकोप्टर अध्ययन अनुसन्धानका लागि क्याम्पसलाई उपलब्ध गराएको हो।
नेपालमै पहिलो पटक संचालन भएको एरोस्पेश इन्जिनियरिङ अध्ययनमा व्यवहारिक ज्ञानको लागी उपलब्ध गराएको सेनाले जनाएको छ।
सेनाले २९ माघमा सेनाको विभिन्न काल खण्ड तथा महत्त्वपूर्ण कार्यहरुमा प्रयोग भएको सो हेलिकोप्टरले ४ हजार १ सय २१ घण्टा उडान तथा ९ हजार ७ सय ५२ पटक ल्याण्डिङ गरेको उक्त हेलिकोप्टर र त्यसका पार्टपूर्जा सहित हस्तानान्तरण गरेको हो।
रक्षा मन्त्रालयबाट स्विकृती भएबमोजिम नेपाली सेनाका संभाररथी उपरथी प्रभुराम शर्माले हेलिकफटर र त्यसका पार्टपूर्जाहरु समेत क्याम्पसलाई हस्तानान्तरण गरेका हुन्।
सेनाले राष्ट्रको लागी आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादनमा सहयोगी होस भनेर हेलिकोप्टर र पाटपुर्जा दिएको जनाएको छ।
