सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

गीतकार कृष्णहरि बराल र सङ्गीतकार गणेश गुरुङलाई प्रतिभा सम्मान

२०७८ चैत्र ६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ को प्रतिभा सम्मान गीतकार कृष्णहरि बराललाई र पुरस्कार सङ्गीतकार गणेश गुरुङलाई प्रदान गरेको छ ।

प्रतिष्ठानले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाले रु ५० हजार राशिको सम्मान बराललाई र रु एक लाख राशिको पुरस्कार गुरुङलाई प्रदान गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व कुलपति काइँलाले विदेशमा रहेर पनि प्रतिष्ठानले भाषा, साहित्य र संस्कृतिलाई सम्झने काम गरेको भन्दै प्रशंसा गर्नुभयो । सम्मानित व्यक्तित्व बरालले साहित्य सृजनामा लागेका ठूला प्रतिभा ओझेलमै रहेको उल्लेख गर्नुहुँदै तिनीहरुको खोजी गरेर सम्मान गरिनुपर्नेमा जोड दिनुभयो ।

पुरस्कृत व्यक्तित्व गुरुङले पुरस्कार पाएसँगै जिम्मेवारी बढेको अनुभूति भएको बताउनुभयो । कार्यक्रममा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य प्रा डा देवी नेपालले बाल साहित्यको इतिहास लेखनको काम भइरहेको जानकारी दिनुभयो । साहित्यकार मदन राईले रकमभन्दा सम्मान ठूलो भएपनि कोषको वृद्धि गरिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा रजनी ढकालले सम्मानित व्यक्तित्व बराल र सम्मानित व्यक्तित्व गुरुङको योगदानको चर्चा गर्नुभएको थियो ।

सो अवसरमा प्रतिष्ठानका पूर्वअध्यक्ष दयाकृष्ण राईले संस्थाले बेलायतमा एकल कविता वाचनलगायत साहित्यिक कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष गणेश राईले प्रतिष्ठानले युद्ध साहित्यलाई प्रवद्र्धन गरेर साहित्य सृजना गर्नेलाई प्रोत्साहन गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन