सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

भाषा परीक्षामा नक्कली परीक्षार्थीलाई परीक्षा समावेश गरि काेरिया आएका सयौ रहेको खुलासा

२०७६ फागुण ३, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ: कोरिया प्रवेश गरेका एक सयभन्दा बढी नेपालीलाई कोरियाको अध्यागमन कार्यालयले पक्राउ गरेको छ।

नक्कली परीक्षार्थीलाई परीक्षा दिलाई इपीएस भाषा परीक्षामा अनुहार मिल्ने नक्कली परीक्षार्थीलाई परीक्षा दिन लगाएर पास गरी कोरिया पुगेका नेपालीहरु पक्राउ गरिएकाे कार्यालयले जनाएको छ।  पक्राउ परेकाहरुलाई सुरक्षा संवेदनशीलताका विविध विषयमा अनुसन्धान गरेर नेपाल डिपोर्ट गर्ने गरिएको कार्यालयले जनाएको छ।

अनुहार मिल्ने साथीलाई भाषा परीक्षामा लेख्न लगाइ काेरिया आएको भन्ने सूचनाका आधारमा एक जनालाई पक्राउ गररी छानबिन गर्दा यसरी आउने नेपालीको संख्या ठूलो हुन सक्ने भन्दै सरकारले छानबिन सुरु गरेको थियो।  पक्राउ परि डिपोर्ट हुनेहरुमा कोरिया आएको तीन महिना भएकादेखि साढे तीन वर्ष बसेकासम्म रहेको कार्यालयले जनाएको छ।

यसरी पक्राउ पर्नेहरुमा ताप्लेजुङ, पाँचथर, म्याग्दी  लगायतका जिल्लाबाट आउने नेपालीहरुको संख्या ठूलो रहेको प्रवासी श्रमिक संगठन (एमटियु)का अध्यक्ष उदय राईले बताएका छ्न ।  परीक्षामा अरुलाई लेख्न लगाइ कोरिया आएका नेपालीलाई सोझै नेपाल डिपोर्ट गर्ने गरेको भएपनि अर्काको परीक्षा दिनेहरुलाई भने विभिन्न सुरक्षा सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको अध्यागमन कार्यालयको भनाइ छ।

यसरी आउनेहरु कोरियाको आन्तरिक सुरक्षाको विषयमा पनि खतर हुनसक्ने भन्दै उनीहरुलाई थप मुद्दा चलाउने गरेको राईको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

उपल्लो मुस्ताङका ३६५ विद्यार्थी जाडो छल्न बेसी झारिए

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता सुरु

फोहरलाई स्रोतका रूपमा उपयोग गर्न प्रेरित गर्दै ‘आरयू फेस्ट’

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

त्रिविले खुलायो M.Ed. र MSSEd विद्यार्थीलाई परीक्षा केन्द्र रोज्ने सुविधा

प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट जुट्यो नौ लाख

चिनियाँ दूतावासले बलान बिहुलमा शैक्षिक तथा स्वास्थ्य सामग्री सहयोग

अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान

टर्कीका शिक्षामन्त्रीसँगै मन्त्री पोखरेलको विद्यालय अवलोकन : बालमैत्री र हरित शिक्षाका अभ्यासबारे चासो

जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ: शिक्षामन्त्री पोखरेल

निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण