सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

धर्मग्रन्थ अष्टसहर्षिका प्रज्ञा पारमिताको नेपाली अनुवाद विमोचन

२०७८ चैत्र १७, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः बौद्ध धर्मावलम्बीको पवित्र धर्मग्रन्थ अष्टसहर्षिका प्रज्ञा पारमिताको नेपाली अनुवाद बुधबार विमोचन गरिएको छ ।

बौद्धवचन अनुवाद समितिले ३२ खण्डमा विभाजित कृति भोट भाषाबाट नेपाली भाषामा अनुवाद गरेको छ । बौद्धगुरु गोसेक रिम्पोचे र खाङ्सेर रिम्पोचेले कृतिको विमोचन गर्दै विश्व परिवेशमा शक्ति राष्ट्रबीच देखिएको युद्व, कलहले अन्तर्राष्ट्रिय समूदायमा शक्तिको ध्रुवीकरणका साथै मानव समुदायमा अशान्ति फैलिएको अहिलेको अवस्थामा बौद्ध दर्शन र साहित्यको प्रवद्र्धनबाट हिंसा न्यूनीकरण हुने विश्वास व्यक्त गर्नुभयो ।

बौद्ध विद्वान् पुण्यप्रसाद पराजुली, मिलन शाक्यलगायतले बौद्ध साहित्यमा कुनै पनि वस्तुको स्वतन्त्र अस्तित्व नरहेको दार्शनिक मान्यतलाई पुष्टि गर्न कृति उपयोगी रहेको जनाउँदै यसले शुन्यताको दृष्टिकोणलाई फराकिलो बनाएको समीक्षा गर्नुभयो । बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक वसन्त लामाले बौद्ध दर्शन, साहित्य र संस्कृतिको प्रवद्र्धनका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

टीका शेर्पाले बौद्ध साहित्यका मौलिक ग्रन्थ संस्कृत र भोट भाषामा लिपिबद्ध भएकाले त्यस्ता कृति आवश्यकताअनुसार विभिन्न भाषामा अनुवाद गर्नसकेमा बुद्धको शान्ति, सद्भाव तथा भ्रातृत्वको शिक्षा संसारमा फैलिने र विश्व शान्ति कायम हुने विचार व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन