सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

पोखरेलीको मन जित्दै ‘शिरीषको फूल’

२०७८ चैत्र २७, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको नाटक ‘शिरीषको फूल’ ले पोखरेली दर्शकको मन जितेको छ । थिएटर मल र पोखरा थिएटरको सहकार्यमा यही चैत २४ गतेदेखि २७ गतेसम्म मञ्चन गरिएको नाटकले विशेषतः पोखरेली युवा विद्यार्थीलाई आकर्षित गरेको छ ।

साहित्यकार पारिजातको मदन पुरस्कार प्राप्त कृति उपन्यास शिरीषको फूल (विसं २०२२) मा आधारित नाटक भएको र विभिन्न पाठ्यक्रममा समावेश भएकाले पनि यो विद्यार्थीहरूका लागि विशेष रोजाइमा परेको हो । थिएटर मलका संस्थापक तथा कला निर्देशक एवं नाटकका परिकल्पनाकार केदार श्रेष्ठले पोखरेली रङ्गप्रेमीको मायाका कारण उत्साह थपिएको उल्लेख गर्दै प्रतिकूल मौसमका बाबजुद दर्शकको साथ मिलेकोमा आफूहरू हर्षित बनेको बताउनुभयो ।

अञ्जान प्रदीपको निर्देशन रहेको नाटकमा काठमाडौँ तथा पोखरेली कलाकारको जीवन्त अभिनय छ । नाटककी पात्र सकमबरीको भूमिकामा समृद्धि नेपाल, सुयोगवीरको भूमिकामा सञ्जय विश्वकर्मा, शिवराजको भूमिकामा हाङ ओ हाङ राई, मुजुराको रूपमा सविना गोपाली, सानु हेड हन्टरीकी छोरीको रूपमा अञ्जु रिजाल, भैँसी गोठाल्नीको रूपमा मनिषा केसी, आदिवासी युवतीको रूपमा एलिसा भोग, मटिनचीको भूमिकामा दिप्सन विश्वकर्मा र पारिजातको भूमिकामा अञ्जु दाहाल हुनुहुन्छ ।

नाटकले पोखरेलीको मन जित्न सफल भएकोमा आफूहरू उत्साहित बनेको निर्देशक प्रदीपले बताउनुभयो । पोखरा थिएटर संस्थापक तथा क्रियटिभ डाइरेक्टर परिवर्तनले थिएटर मलसँग संस्थागत सहकार्यमा मञ्चन गरिएको नाटकले थिएटरमा रौनक थपिएको बताउनुभयो । आगामी दिनमा देशका विभिन्न नाट्य समूह वा नाटकघरसँगको सहकार्यमा वार्षिकरूपमा निरन्तर नाटक पस्कने सोच बनाइएको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन