सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पुष्प मेलामा ५० लाख बढीको कारोवार

२०७५ कार्तिक १८, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, बाह्रौ गोदावरी पुष्प मेलामा ५० लाखको कारोवार भएको छ ।
नजिकिँदै गरेको तिहारलाई लक्षित गरी आयोजना गरिएको मेलामा फूल किन्ने तथा अवलोकन गर्नेको भीड लागेको आयोजकले जनाएको छ ।

मेलाको तेस्रो दिन शुक्रबार साँझसम्ममा ३९ हजारभन्दा बढीले अवलोकन गरेका छन् । प्रदर्शनीमा ४५० भन्दाबढी जातका फूलका ४८ वटा कक्ष राखिएका छन् । मेला आज आइतबार सकिँदैछ ।

प्रदेश नं ३ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा बिहीबारदेखि फ्लोरीकल्चर एशोसिएसनले मेला आयोजना गरेको हो ।

‘रोपेर पूल गोदावरी सजाआँ घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ शुरु भएको प्रदर्शनीमा सबैभन्दा बढी गोदावरीका साथै तिहारमा घर सजावटका लागि प्रयोग हुने फूल बढी बिक्री भएको मेला संयोजक मीनबहादुर तामाङले जानकारी दिनुभयो ।
नेपाल निजी नर्सरी स्थापनासँगै सामान्यस्तरमा शुरु भएको पुष्प व्यवसाय गत आर्थिक वर्षको अन्त्यसम्ममा ४३ जिल्लामा विस्तार भएको छ ।

आव २०७४÷७५ सम्म आइपुग्दा ६९७ व्यवसायीले पुष्प व्यवसाय गरिरहेका छन् । सो व्यवसायले आव २०७४÷७५ मा रु एक अर्ब ८६ करोड बढीको कारोवार गरेको संयोजक तामाङको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कृषिमा आधुनिक प्रविधिको प्रयोग बढ्दो

दशैंको मुखैमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोल, डिजेलको मूल्य कति पुग्यो ?

एयरबसबाट ३२ विमान किन्दै क्याथे प्यासिफिक

गुल्मीमा कात्तिक १५ देखि महोत्सव हुने

पेट्रोलियम पदार्थ अन्वेषण मुआब्जा विवाद सुल्झियो

पर्यटक स्वागत तथा सत्कारको पर्खाईमा महाेत्तरीका ब्यवसायी

बैदेशिक रोजगारलाई अवसरको रुपमा प्रयोग गर्नुपर्छ: श्रम मन्त्री भण्डारी

नेप्सेमा पाँच म्युचुअल फन्डको मूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

१ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ

मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट

सेयर बजार १८.६० अंकले घट्यो

घट्यो सुनचाँदीको मूल्य