सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पुष्प मेलामा ५० लाख बढीको कारोवार

२०७५ कार्तिक १८, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, बाह्रौ गोदावरी पुष्प मेलामा ५० लाखको कारोवार भएको छ ।
नजिकिँदै गरेको तिहारलाई लक्षित गरी आयोजना गरिएको मेलामा फूल किन्ने तथा अवलोकन गर्नेको भीड लागेको आयोजकले जनाएको छ ।

मेलाको तेस्रो दिन शुक्रबार साँझसम्ममा ३९ हजारभन्दा बढीले अवलोकन गरेका छन् । प्रदर्शनीमा ४५० भन्दाबढी जातका फूलका ४८ वटा कक्ष राखिएका छन् । मेला आज आइतबार सकिँदैछ ।

प्रदेश नं ३ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा बिहीबारदेखि फ्लोरीकल्चर एशोसिएसनले मेला आयोजना गरेको हो ।

‘रोपेर पूल गोदावरी सजाआँ घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ शुरु भएको प्रदर्शनीमा सबैभन्दा बढी गोदावरीका साथै तिहारमा घर सजावटका लागि प्रयोग हुने फूल बढी बिक्री भएको मेला संयोजक मीनबहादुर तामाङले जानकारी दिनुभयो ।
नेपाल निजी नर्सरी स्थापनासँगै सामान्यस्तरमा शुरु भएको पुष्प व्यवसाय गत आर्थिक वर्षको अन्त्यसम्ममा ४३ जिल्लामा विस्तार भएको छ ।

आव २०७४÷७५ सम्म आइपुग्दा ६९७ व्यवसायीले पुष्प व्यवसाय गरिरहेका छन् । सो व्यवसायले आव २०७४÷७५ मा रु एक अर्ब ८६ करोड बढीको कारोवार गरेको संयोजक तामाङको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विकासका लागि निजी क्षेत्रको पुँजी आवश्यक छः अर्थमन्त्री वाग्ले

अर्थतन्त्रलाई चलायमान बनाउने क्षेत्रका रूपमा ऊर्जालाई विकास गर्दैछौँः अर्थमन्त्री

सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने

भृकुटीमण्डपमा दक्षिण एसियाली व्यापार मेला जारी

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

मनास्लुको फेदीमा हीरक महोत्सव मनाइयो

सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

संसद् बैठक आह्वानसँगै बजेट लेखनको चटारो