काठमाण्डौं: शिक्षक सेवा आयोगले माध्यमिक तहको थप दुई बिषयका अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ ।
बुधबार आयोगले गत असोजमा लिएको शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) को थप विषयको नतिजा सार्वजनिक भएको हो ।
बुधबार आयोगले एक सुचना जारी गर्दै कार्यलय सञ्चालन र लेखा विषयको नतिजा सार्वजनिक गरेको हो ।
यस अघि आयोगले इलेक्ट्रिकल इञ्जिनियरिङ्ग, सिभिल इञ्जिनियरिङ्ग, कम्प्युटर इञ्जिनियरिङ्ग, बाली विज्ञान, पशु विज्ञान, कानुन र कम्प्युटर विज्ञान गरि जम्मा ७ विषयको नतिजा सार्वजनिक गरेको थियो ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस ।
