सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कराते खेलाडीको बिदाई

२०७५ कार्तिक २०, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । बंगालादेशको ढाकामा हुन गैरहेको एशियन च्याम्पियनसिप क्यु कराते प्रतियोगितामा सहभागि हुन जाने तयारीमा रहेका खेलाडीहरुको बिदाई गरिएको छ ।

मंगलबार आज राष्ट्रिय खेलकुद परिषद्को कार्यालय त्रिपुरेश्वरमा सदस्यसचिव केशर कुमार विष्टले खेलाडीहरुको बिदाई गर्नुभयो । खेलाडीका बिदाई गर्दै सदस्यचिव विष्टले विगतमा अग्रजहरुको त्याग र परिश्रमको मायाले नेपालको प्रतिष्ठा बढेको भन्दै खेलाडीहरुलाई त्यसलाई मनन गरेर इतिहासदोहो¥याउने गरि अनुशासित भएर खेल खेल्न निर्देशन दिनुभयो ।

उहाले खेलाडीले राष्ट्रका लागि खेलिरहेको छु भन्ने भावना लिएर खेल्न पनि सुझाव दिनुभयो । सदस्यसचिव विष्टले नेपाली खेलाडी कस्ता छन् भनेर विश्वले नियालीरहेको भन्दै अत्यन्त अनुशाशित व्यवहार प्रस्तुत गर्न पनि निर्देशन दिनुभयो ।

नोभेम्बर ९–१० तारिखमा हुन गैरहेकोखेलका लागि ब्राण्ड चिफ राजु तुलाधर,टिम कोच चन्द्रश्याम डंगोल,खेलाडीहरु राकेश महर्जन,भिम थापा मगर र आस्मा तामाङ सहभागि हुँदै छन् ।

सो खेलमा विश्वका २२ राष्ट्रको भाग लिने बताइएको छ । कार्यक्तममा सदस्सचिवविष्टले खेलाडीलाई खादा ओडाएर विधाई गर्नभएको थियो । कार्यक्रममा खेल क्षेत्रका विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

स्कटल्याण्ड र अमेरिकासँगको सिरिज खेल्न १५ सदस्यीय टिमको घोषणा

आरआर स्ववियुले प्रिमियर लिगको आयोजना गर्ने

आज पनि महिला फुटबल प्रतियोगिताका रोमाञ्चक खेल हुँदै

नेपालगन्ज १० म्युजिक नाइट रनमा अक्कल बहादुर पाल र सन्तोषी श्रेष्ठको उपाधि

जुम्लामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा हिमा गाउँपालिका प्रथम

गण्डकी प्रदेश अन्तरजिल्ला भलिबलको तयारी पूरा

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

आईपीएल : लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्सलाई ९ रनले हरायो

नेपाल ‘ए’द्वारा स्कटल्याण्ड पराजित

नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य

नेपाल ‘ए’ले आज स्कटल्याण्डसँग एक दिवसीय खेल खेल्दै