सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

२० हजार चालकलाई सिसिटिभी मार्फत कारवाही

२०७५ कार्तिक २९, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । ट्राफिक प्रहरीको आँखा छलेर निषेधित क्षेत्रमा सवारीसाधनचलाउने सवारी चालकलाई सीसी क्यामरा मार्फत ट्राफिक प्रहरीले कारबाही थालेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो समय जथाभावी सवारीसाधन चलाउनेचालकलाई सिसिटिभीमार्फत अनुगमन गरी कारवाही बढाएको छ ।

विसं २०७३ देखि सिसिटिभीमार्फत सवारी चालकलाई कारवाही थालेको महाशाखाले हालसम्म२० हजार बढी व्यक्तिलाई कारवाही गरेको हो । आव २०७३÷७४ मा १३ हजार २२७, आव२०७४÷७५ मा दुई हजार ७१६ र आव २०७५÷७६ मा दुई हजार ७५२ जनालाई कारवाही गरेको छ ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले पछिल्लो समयसिसिटिभीमार्फत सवारी साधन कारवाहीलाई तीव्रता दिएको बताउनुभयो ।

उहाले भन्नुभयो–उपत्यकाका सबै चोक र सडकमा ट्राफिक जनशक्तिको अभाव छ, त्यसैले महाशाखाले सिसिटिभीमार्फत सवारी उल्लङ्घन गर्ने सवारी चालकलाई कारवाही सङ्ख्या बढाएका हौँ”, साँघुरा सडक र अत्याधिक सवारीसाधन भएकाले लेन मिच्ने, तीब्र गतिमा सवारी चलाउने, एकतर्फी बाटोमा सवारी चलाउने, नो टर्न लेखेको ठाँउबाट टर्न लिनेलगायतलाई कारवाही गरिएको महाशाखाले जनाएको छ ।

हाल महाशाखाले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेका ४६० क्यामराबाट उपत्यकाको ट्राफिक गतिविधिको बारेमा हेर्दे आएको छ । महाशाखाले सवारी नियम उल्लंघन गर्ने एक हजार ३२९ सवारी चालकलाई घरमा चिठी पठाएर कारवाही गरेको छ ।

विसं २०७४ मा तत्कालीन प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनाल महाशाखा प्रमुख भएको समयमा महाशाखाले सवारीसाधन उल्लङ्घन गर्ने चालकलाई घरमा चिठी पठाएर कारवाही गर्ने अभियान शुरु गरेको थियो ।

आव २०७४÷७५ मा ५५१ र आव २०७५÷७६ को हालसम्म ७७८ जनालाई कारवाही गरेको हो ।
महाशाखाले सवारीसाधनमार्फत एक हजार ९५८ सवारी चालकलाई कारवाही गरेको छ ।

आव २०७४÷७५ मा एक हजार २५३ र आव २०७५÷७६ मा ७०५ सवारी चालकलाईकारवाही गरेको छ । महाशाखाका प्रमुख पन्त सवारी नियम उल्लंघन गर्ने सवारी चालकलाई रु ५०० देखि एक हजारसम्म जरिवना र जनचेतना दिँदै आएको बताउनुहुन्छ ।

महाशाखाले सिसिटीभिका अलावा बडीवान क्यामरा, ग्रोप्रो क्यामरामार्फत कारवाही गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्रीको चीन भ्रमणप्रति योगेशको टिप्पणी- तीर्थाटन र छुट्टी राम्रो गरी मनाउनु भयो

सुशासन, दिगो विकास र समृद्धिका लागि ‘चैतन्य बहस’

पशुपतिको जलहरी प्रकरणः १ किलो ४ सय ९१ ग्राम सुन हिनामिना भएको अख्तियारको निष्कर्ष

आयल निगमद्वारा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषदको बैठक

एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेले गरे उम्मेदवारी घोषणा

क्रिकेटमा विश्व किर्तिमान कायम गरेकामा पुर्ब राजाद्वारा खुसी ब्यक्त

मणिपाल अस्पतालमा तोडफोड गरेको आरोपमा थप ७ जना पक्राउ

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता (फोटोफिचर)

कतार भ्रमण सकेर राजेन्द्र लिङदेन स्वदेश फर्किए

ल्हासाबाट छेन्दु पुगे प्रधानमन्त्री प्रचण्ड

नेपाल आउँदै एमसीसी प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट