काठमाण्डौं: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रायले कक्षा १ देखि ९ सम्मको परीक्षा चैत ५ गतेसम्म सम्पन्न गर्न मन्त्रालयले निर्देशन दिएको छ ।
मंगलबार मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै विश्वभर कोरोनाभाइरसको संक्रमण बढ्दै गएकोले सतर्कता अपनाउन कक्षा १ देखि ९ को वार्षिक परीक्षा चैत ५ गतेभित्र सम्पन्न गर्न अनुरोध गरेको हो ।
त्यस्तै विद्यालयमा सभा, समारोह, वार्षिकोत्वस लगायतका कार्यक्रम आयोजना नगराउन समेत मन्त्रालयले आग्रह गरेको छ ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाभाइरसको जोखिममा राखेको छ । वृद्धवृद्धा र बालबालिकामा कोरोनाभाइरसको जोखिम उच्च हुने गरेको पाईएको छ ।

