सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पार्टी हितमा गरिएको निर्णयको विरोध नगर्न सभापति केसीको आग्रह

२०७५ मंग्सिर १८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विदुर । नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले जिल्लामा सक्रिय रहेका र पार्टीमा लामो समयदेखि योगदान गरेका व्यक्तिहरुलाई आमन्त्रित जिल्ला सदस्यमा मनोनित गरिएकाले त्यसको विरोध गर्नु आवश्यक नभएको बताउनु भएको छ ।

युग खबरसँग अनलाईन सँग कुराकानी गर्दै सभापति केहीले निर्वाचनपछि कांग्रेस कमजोरभएको र पार्टीका नेता तथा कार्यकर्ताहरुमा शिथिलता आइरहेको अवस्थामा पार्टीलाई क्रियाशिल बनाउनका लागिआफुले पार्टीको विधानमा रहेर मनोनयन गरेको बताउनुभएको छ ।

उहाले अन्य पार्टीबाट कांग्रेसमा आएकासाथीहरुलाई उहाहरुको विगतको हैसियत अनुसार नै पद दिने कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार नुवाकोटमा अन्य दल छाडेर कांग्रेस भएकाहरलाई सम्मानकासाथ स्थान दिएको भन्दै उहाले यसले कांग्रेसलाई बलियो बनाउने दावी पनि गर्नुभयो ।

सभापति केसीले आफुले गरेको निर्णयले कांग्रेसमा लामोसमयदेखि योगदान गरेको साथीहरुकोसम्मान भएको र त्यो सिंगो पार्टीको हितमा भएकाले विरोध गर्नुको सट्टा सहयोग गरेर अघि जिल्लाका आम नेता तथाकार्यकर्ताहरुलाई अपिल समेत गर्नुभएको छ ।

सभापति केसीले केही दिन अघि पार्टीमा क्रियाशित ८६ जना कांग्रेसमायोगदान गरेका पाका व्यक्तित्व, अन्य पार्टी छाडेर कांग्रेस प्रवेश गरेका प्रभावशाली नेताहरु र पार्टीमा सक्रिय युवा नेताहरुलाई कांगसलार्य थप क्रियाशिल बनाउनका लागि भन्दै आमन्त्रित सदस्यमा मनोनि गर्नुभएको थियो ।

मनोनितगरिएको विषयमा पार्टीभित्र असनतुष्टि बढेपछि केसीले आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विपक्षीले प्रधानमन्त्रीबाट जवाफ खोजेपछि बैठक स्थगन

राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

मौजुदा मन्त्रिपरिषद् नियुक्ति, हेरफेर र कार्यविभाजन गरी पुनः गठन

‘पार्टी सदस्यका समस्या समाधान गर्न क्रियाशील सदस्यता अद्यावधिक गरिने’

योजनाको छनोट र खर्च प्रणालीलाई ‘डिजिटल ड्यासबोर्ड’मार्फत पारदर्शी बनाउन आग्रह

कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकः जेठ ६ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने निर्णय

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ

प्रतिनिधिसभा बैठक सुरु

चुनावपछि पहिलोपटक बस्दै एमाले सचिवालय बैठक

नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा पाँच लाख ३० हजार राजस्व सङ्कलन

बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी

प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रम छलफल