सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पासाङ्ग ल्हामु यातायात सेवा समितिको साधारणसभा सम्पन्न

२०७५ मंग्सिर १८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नुवाकोट र रसुवामा यातायात सञ्चालन गर्दै आइरहेको पहिलो समिति पासाङ्गल्हामु यातायात सेवा समितिको सातौ र आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

राजधानीको बालाजुस्थित गुराँस क्याफेसा समितिका अध्यक्ष कुलबहादुर खड्कीको सभापतित्वमा भएको कार्यक्रममा महासचिव रबि रिमालले संस्थाको वर्तमान अवस्था र भावी कार्ययोजनाबारे प्रतिवेदन पेश गर्नुभएको थियो भने कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

यस्तै कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्दै यातायात व्यवसायीले भोग्नु परेको समस्या समाधान गर्न समितिलाई क्रियाशिल हुन सुझाव दिनुभयो ।

उहाले सरकारले विभिन्न बहानामा यातायात व्यवसायीलाई दुःख दिइरहेको भन्दै व्यवसायीहरु एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विशेष अतिथिको रुपमा यातायात व्यवसायी रािष्ट्रय महासंघ प्रदेश नं ३ संयोजक धर्मराज रिमाल,उत्तर भेगीय यातायात समन्वय समितिका अध्यक्ष मिन बहादुर मानन्धर लयायतका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा अध्यक्ष खड्कीले अन्य समितिहरु प्रवेश गरेर आवश्यकता भन्दा बढि प्रतिस्पर्धा गरिरहेको भन्दै नुवाकोट जिल्लाको पुरानो र विश्वसनीय समिति भएकाले विचलित नहुन व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

उहाले व्यवसायीहरुका जस्तोसुकै समस्या समाधान गर्न समिति सक्रिय रहेको र दिनरात नभनी काम गरिरहेको जानकारी दिनुभयो । उहाले व्यवसायीहरुको सानो गल्तीका कारण समितिले दुई करोडभन्दा बढि रकम गुमाउनु परेको भन्दै आफ्नो सवारीसाधानमा चालक राख्दा योग्य र सक्षमलाई मात्र छानेर राख्न आग्रह गर्नुभयो ।

नुवाकोट र रसुवासहित अन्य जिल्लाहरुमा पनि समितिले १ सय ७० वटा साधारण र डिलक्स बसहरु सञ्चालन गरिरहेको छ । समितिले स्थानीय रुपमा पनि यातायात सञ्चालन गरिरहेको छ । पछिल्लो समय अन्य यातायात समिति तथा कम्पनीहरुले बस तथा माइक्रोस सञ्चालन गरेपछि पछिल्लो समय नुवाकोट जिल्लामा पनि प्रतिस्पर्धा चलिरहेको छ ।
नुवाकोट पुकारबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राज्यको धरपकडले निजी क्षेत्र त्रसित

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

छानबिनको दायरामा तिस हजार पदाधिकारी

संसदमा खोजी भइरहँदा सिंहदरबारमै थिए बालेन

बेइजिङमा अमेरिकी राष्ट्रपति ट्रम्प, आज शिखर वार्ता

प्रदेशमा सत्ता सहकार्य नवीकरणका लागि कांग्रेस-एमालेबीच छलफल

विपक्षीको घेराबन्दीमा सरकार

भारतमा खोजिँदै नेपालीका ‘अवैध’ सम्पत्ति

उल्झनमै भारतसँगको सुपुर्दगी सन्धि

सीमावासीको दैनिकी सहज बनाइँदै

केन्द्रीय समिति विस्तारले कांग्रेसको आन्तरिक विवाद झन् पेचिलो

विद्यालयमा १५ दिन बिदा कटौती