सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पासाङ्ग ल्हामु यातायात सेवा समितिको साधारणसभा सम्पन्न

२०७५ मंग्सिर १८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नुवाकोट र रसुवामा यातायात सञ्चालन गर्दै आइरहेको पहिलो समिति पासाङ्गल्हामु यातायात सेवा समितिको सातौ र आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

राजधानीको बालाजुस्थित गुराँस क्याफेसा समितिका अध्यक्ष कुलबहादुर खड्कीको सभापतित्वमा भएको कार्यक्रममा महासचिव रबि रिमालले संस्थाको वर्तमान अवस्था र भावी कार्ययोजनाबारे प्रतिवेदन पेश गर्नुभएको थियो भने कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

यस्तै कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्दै यातायात व्यवसायीले भोग्नु परेको समस्या समाधान गर्न समितिलाई क्रियाशिल हुन सुझाव दिनुभयो ।

उहाले सरकारले विभिन्न बहानामा यातायात व्यवसायीलाई दुःख दिइरहेको भन्दै व्यवसायीहरु एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विशेष अतिथिको रुपमा यातायात व्यवसायी रािष्ट्रय महासंघ प्रदेश नं ३ संयोजक धर्मराज रिमाल,उत्तर भेगीय यातायात समन्वय समितिका अध्यक्ष मिन बहादुर मानन्धर लयायतका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा अध्यक्ष खड्कीले अन्य समितिहरु प्रवेश गरेर आवश्यकता भन्दा बढि प्रतिस्पर्धा गरिरहेको भन्दै नुवाकोट जिल्लाको पुरानो र विश्वसनीय समिति भएकाले विचलित नहुन व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

उहाले व्यवसायीहरुका जस्तोसुकै समस्या समाधान गर्न समिति सक्रिय रहेको र दिनरात नभनी काम गरिरहेको जानकारी दिनुभयो । उहाले व्यवसायीहरुको सानो गल्तीका कारण समितिले दुई करोडभन्दा बढि रकम गुमाउनु परेको भन्दै आफ्नो सवारीसाधानमा चालक राख्दा योग्य र सक्षमलाई मात्र छानेर राख्न आग्रह गर्नुभयो ।

नुवाकोट र रसुवासहित अन्य जिल्लाहरुमा पनि समितिले १ सय ७० वटा साधारण र डिलक्स बसहरु सञ्चालन गरिरहेको छ । समितिले स्थानीय रुपमा पनि यातायात सञ्चालन गरिरहेको छ । पछिल्लो समय अन्य यातायात समिति तथा कम्पनीहरुले बस तथा माइक्रोस सञ्चालन गरेपछि पछिल्लो समय नुवाकोट जिल्लामा पनि प्रतिस्पर्धा चलिरहेको छ ।
नुवाकोट पुकारबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सौर्य ऊर्जाप्रति सरकारी बेवास्ता

फरार अभियुक्तको आम माफी रोकियो, ६ सय ७० को कैद मिनाहा

१ खर्ब ५९ अर्ब राजस्व उठ्दा १ खर्ब ३६ अर्ब सरकारी खर्च

कर्मचारी खटनपटनमा संघ र स्थानीय तहबीच द्वन्द्व : एक महिनामा आठ पालिकाले फिर्ता गरे प्रमुख प्रशासकीय अधिकृत

महावाणिज्य दूतावासभित्रै ११ नेपाली अलपत्र

सप्तरीमा असोज ३ कालो दिन

अर्घाखाँचीमा आँखा उपचार केन्द्र संचालन

इन्द्रजात्रा चलाउनै आर्थिक संकट

कित्ताकाट खुलेपछि चम्कियो घरजग्गा कारोबार

‘रेन्बो फेमिली’ को शङ्कास्पद भेला

दस हजार झोलुङ्गे पुल निर्माण

यी हुन् पुरस्कृत हुने विद्यालय, शिक्षालय र क्याम्पस