सदाबहार खबरको रफ्तार ....
जेठ १६, २०८० मंगलबार
May 30, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अप्पर सोलु हाइड्रोले आईपीओ निष्काशन मिति सार्वजनिक, कति दिने आवेदन ?

२०७९ असार ९, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

निष्काशन गरिने कुल शेयरमध्ये ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । लगानीकर्ताले बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । सो आईपीओको निष्काशन बन्द छिटोमा असार २३ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद साउन २ गतेसम्म रहेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्राएनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु खोलामा २३ दशमलव ५ मेगावाट क्षमताको सोलु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको २३ मेगावाट विद्युत उत्पादन क्षमता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रि-ओपन सेसनमा नेप्से सूचक २.२६ अंकले बढ्यो

संघीय बजेटले छोएन मुगुलाई

बैदेशिक राेजगारीमा रहेकाले स्याङ्ग हाइड्रोपावरको आइपीओमा निवेदन दिने आज अन्तिम दिन

डलरको भाउ आज कति ?

सरकारी पदाधिकारीलाई इन्धन प्रदान नगरिने

साधरण खर्चमा मात्रै कुल बजेटको ७३.१० प्रतिशत खर्च: अर्थमन्त्री

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि फागुनमै संसदमा छलफल हुने

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री

सुनचाँदीको मूल्य स्थिर, कारोबार कतिमा हुँदैछ ?

अर्थमन्त्री महतले आज कस्तो बजेट ल्याउँदैछन् ?

यस्ताे छ आजको विनिमयदर, अस्ट्रेलियन डलरकाे भाउ ८५.९२ रुपैयाँ पुग्याे

बैंकमा करिब पाँच करोड निक्षेप र साढे १८ लाख कर्जा खाता