सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मुलुक समृद्धिको यात्रामा ः पुर्व प्रधानमन्त्री खनाल

२०७५ मंग्सिर २३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री मुलक समृद्धिको यात्रामा अघि बढेको बताउनुभएको छ ।

नुवाकोटबाट राजधानीको गोंगबु तथा सामाखुशी क्षेत्रमा आएर बसोबास गर्नेहरुले स्थापना गरेको जनअपेक्षा बचत तथा ऋण सहकारी संस्थाको सातौ साधारणको उद्घाटन गर्दै वरिष्ठ नेता खनालले मुलुकलाई अब समृद्ध बनाउने लक्ष्यकासाथ वर्तमान सरकार अगाडि बढिरहेको भन्दै आम नेपाली जनतालाई सरकारको अभियानलाई सथा दिँदै धैर्य गर्न समेत आग्रह गर्नुभयो ।

पूर्व प्रधानमन्त्री खनालले जनअपेक्षा सहकारीले स्थापनादेखिनै सहकरा िमुल्य मान्यतालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको भन्दै सहकराीको प्रशंसा गर्नुभयो । उहाले सहकारीको उत्तरोत्तर प्रगतीको कामना गर्दै यस सहकारी मुलुकभरका सहकारी मध्ये अगुवा सहकारी बन्न र आम नागरिकलाई उद्यमशिल बनाउन सफल हुनेमा विश्वास व्यक्त गर्नुभएको थियो ।

सहकारीका अध्यक्ष पशुपति लामिछानेको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एमालेका नेता तथा पुर्व अर्थमन्त्री भरत मोहन अधिकारीलाई,नुवाकोट क्षेत्र नं १ का सांसद हितबहादुर तामाङ,प्रदेश नं ३ कि उपसभामुख राधिका तामाङ, पुर्व सांसदहरु राजेन्द्र प्रकाश लोहनी, गोविन्द, नेपाली संस्थाका संरक्षक केपी लामिछाने, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द चौलागाई,खरानीटार बचत तथा ऋण सहकराी संस्थाका अध्यक्ष विनोद सिलवाल,रिद्धिसिद्धि सहकारीका अध्यक्ष होमप्रसाद चौलाई,सहकरीका उपाध्यक्ष मेघराज लामिछाने मन्तव्य राख्नु भएको थियो ।

सो कार्यक्रममा पूर्व अर्थमन्त्री भरत होमन अधिकरीले अर्थमन्त्री भएको बेला मुलुकको अथर्ततन्त्रलाई बलियो बनाउन र वृद्ध भत्ता, आफ्नो गाउँ आफै बनाउँ जस्ता कार्यक्रम ल्याएर समाज र राष्ट्रलाई योगदान पु¥याएको भन्दै सम्मान गरिएको थियो । यस्तै कार्यक्रममा असली ऋणी तथा संस्थाका सेजष्ठ शेयर सदस्यलाई पनि सम्मान गरिएको थियो ।

यसअघि कार्यक्रममा संस्थाका अध्यक्ष लामिछानेले संस्थाले विगतमा गरेको कामका साथै भावी योजनाका विषयमा प्रष्ट पार्नुभएको थियो भने मञ्जु भन्तनाले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । स्थापनाको छोटो समयमा नै सहकरीको कुल पुँजी ४ करोड ६४ लाख ५० हजार ६ सय ६१ रहेको छ भने ४ करोड ३० लाख ३७ हजार ३ सय २९ ऋण लगानीमा रहेको साधारणसभामा पशे गरिएको अािथृक प्रतिवेदनमा उल्लेख गरिएको छ । साधारणसभाले नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शान्ति प्रक्रियालाई दाउपेचको विषय नबनाऔं, छिटो टुंग्याऔं : अध्यक्ष तिमिल्सिना

सरकार र आन्दोलनरत शिक्षकहरूबीचको दोस्रो चरणको वार्ता शुरु

अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध समितिका आजका लागि निर्धारित बैठक स्थगित

आर्थिक समृद्धिका लागि सुशासन पूर्व शर्त : उपप्रधानमन्त्री श्रेष्ठ

उच्चपदस्थलाई दिइएका सुरक्षाकर्मी १५ दिनभित्र फिर्ता ल्याउन संसदिय समितिको निर्देशन

इन्डो-प्यासिफिक आर्मिज चिफ्स कन्फेरेन्समा सहभागी हुन प्रधानसेनापति भारत जाँदै

६ वटा संसदीय समितिको बैठक बस्दै

नेपालले गर्यो वीवीएनजे सम्बन्धी सम्झौतामा हस्ताक्षर

हाम्रा कमजोरीका कारण लोकतन्त्रको आदर्शलाई अपव्याख्या गर्ने काम भयाे : राष्ट्रपति

पूर्वराजा आइतबार भक्तपुर जाने

संविधान दिवस: तीन प्रयोग, सात संविधान

वर्तमान संविधान नेपालको राजनीतिक इतिहासमा महत्त्वपूर्ण उपलब्धि : कार्यवाहक प्रधानमन्त्री खड्का