सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कांग्रेस महासमिति बैठक सम्पन्न, एकता नचाहाने पराजित भए देउवा

२०७५ पुष ९, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, नेपाली कांग्रेसको बहुचर्चित महासमिति बैठक सम्पन्न भएको छ । कांग्रेसलार्य समावेशी बनाउने भन्दै केन्द्रीय पदाधिकराीसहित सदस्यहरुको संख्या बढाएर १ सय ६७ सदस्यीय कार्यसमिति बनाउने निर्णय गरिएको छ ।

यसैबीच नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महासमिति बैठक सफलतापूर्वक सम्पन्न भएसँगै पार्टीमा एकता नचाहने परास्त भएको बताउनुभएको छ ।

महासमिति बैठकको समापन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले महासमिति बैठकमा पेश भएका पाँचै प्रतिवेदन सर्वसम्मत पारित भएको बताउनुभयो ।

पार्टीको विधानमा नेपालको संविधानले व्यवस्था गरेअनुसारका समावेशीताका सबै क्लष्टरको व्यवस्था गरिएको बताउँदै सभापति देउवाले भन्नुभयो, “विधानमा गरिएको समावेशीताअनुसार गाउँगाउँमा पुगेर पार्टीका सदस्यता बढाउनुस्, काङ्ग्रेसलार्ई कसैले हराउन सक्दैन् ।”

वर्तमान सरकार मुलुकमा एकदलीय निरङ्कुशता लाद्न उद्दत रहेको आरोप लगाउँदै उहाँले भन्नुभयो, “सरकार नसच्चिए आन्दोलन गर्ने दिन आउँदैछ, तयार हुनुहोला, एकदलीय निरंकुशता परास्त गर्न सबै एकजुट हुनुपर्छ ।”

सभापति देउवाले काङ्ग्रेसले आफू हारेर पनि देश र प्रजातन्त्र जित्ने गरी विगतमा चुनौतीपूर्ण वातावरणमा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको बताउनुभयो । पार्टीमा अनुशासन कायम गर्न अन्तरघात गर्नेलाई कारवाही गर्नुपर्ने उहाँको भनाइ थियो ।

समारोहमा वरिष्ठ नेता रामचन्द्र पौडेलले अनेकौँ आशङ्काका बीच महासमिति बैठक सफलतापूर्वक सम्पन्न भएको र यसले देशभरका कार्यकर्तामा नयाँ उत्साह र एकताको सन्देश गएको बताउनुभयो । काङ्ग्रेसको विधान समावेशीता र अन्य दृष्टिकोणले विश्वमै उत्कृष्ट भएको उहाँको भनाइ थियो ।

पार्टीलाई एक ढिक्का र बलियो बनाउन भावनात्मक सम्बन्ध आवश्यक रहेको बताउँदै उहाँले काङ्ग्रेसले सङ्गठन सुदृढीकरणका लागि भोलिबाटै तालिका बनाएर नयाँ अभियानका साथ गाउँगाउँ जानुपर्ने धारणा व्यक्त गर्नुभयो । दुई तिहाइको बहुमतको वर्तमान सरकारले अनुभवको कमी र अपरिपक्वकताका कारण जनहितका काम गर्न नसकेको बताउँदै वरिष्ठ नेता पौडेलले सरकारले राज्यका विभिन्न निकायमा पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाउनुभयो ।

समारोहमा केन्द्रीय सदस्य सुजाता कोइरालाले महासमिति बैठकको सफलताले पार्टीमा एकताको सन्देश गएको बताउँदै पार्टीको राजनीतिक र आार्थिक नीतिलाई समयानुकूल परिमार्जनको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो । पार्टीका अग्रज नेताले गरेको बलिदानबाट सबैले पाठ सिक्नुपर्ने उहाँको भनाइ थियो ।

भक्तपुर काङ्ग्रेसका सभापति दुलर्भ थापाले विधान परिमार्जनले पार्टीको सङ्गठन विस्तार र सुदृढीकरणको बाटो खुलेको बताउनुभयो । गत मङ्सिर २८ देखि आजसम्म भएको महासमिति बैठकले विधान मस्यौदा, साङ्गठनिक, राजनीतिक, समग्र आर्थिक नीति र आन्तरिक आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ ।

महासमितिको मुख्य एजेण्डाका रुपमा रहेको विधान मस्यौदा प्रतिवेदन पारित भएसँगै काङ्ग्रेसमा अब एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक कोषाध्यक्ष पदाधिकारीसहितको १६७ सदस्यीय केन्द्रीय कार्यसमिति हुनेछ ।

कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने र कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिले मनोनीत गर्ने व्यवस्था गरिएको विधानमा छ ।

त्यस्तै आठ सहमहामन्त्री र केन्द्रीय सदस्यमा संविधानले व्यवस्था गरेका समावेशिताका सबै क्लष्टर समावेश गरिएको छ । साथै समावेशीताका आधारमा ३३ जना मनोनीत हुने व्यवस्था विधानमा छ ।

यस बाहेक वडादेखि केन्द्रसम्ममा आठ तहका पार्टी संरचना रहने विधानले व्यवस्था गरेको छ । ‘गौरवमय इतिहास, जिम्मेवार वर्तमान, उज्यालो भविष्य’ नाराका साथ शुरु भएको बैठकमा झण्डै एक हजार ७०० प्रतिनिधि सहभागी थिए ।

काङ्ग्रेस नेतृत्वको सरकारले जारी गरेको संविधान कार्यान्वयन गर्न काङ्ग्रेस नेतृत्वकै सरकारका पालामा गत वर्ष भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी नराम्रोसँग पराजित भएको अवस्थामा यो महासमिति बैठक भएको हो ।

पार्टीको महाधिवेशनपछिको सर्वोच्च निकाय महासमिति बैठकले पारित गरेका प्रतिवेदनको कार्यान्वयनले पार्टीलाई नयाँ ऊर्जा दिने काङ्ग्रेसजनको अपेक्षा छ ।
–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

एमाले सचिवालय बैठक : भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने

कांग्रेस नीति प्रतिष्ठानद्वारा बाह्र उपसमिति गठन

विधि र प्रक्रियाबमोजिम आएका रिट दर्ता गर्नुः कामु प्रधानन्यायाधीश मल्ल

एमालेको सचिवालय बैठक बस्दै

विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा

राजनीतिक दलबीच परस्पर संवाद भइरहनुपर्छः महासचिव पोखरेल

कमजोरी स्वीकार्दै जनतासमक्ष प्रस्तुत हुन उपाध्यक्ष पौडेलको आग्रह

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

सर्वदलीय सहमतिमा मात्र प्रदेश सरकारमा जाने संयोजक दाहालको अडान

अध्यक्ष ओलीद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जली

कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छः पूर्वकार्यवाहक सभापति खड्का