सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

संसदमा सरकारको क्रियाकलापप्रति कांग्रेसको आपत्ति

२०७५ माघ १२, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कांग्रेस प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा चिकित्सक शिक्षा विधेयक पारितभएको घटनालाई आफ्नो पार्टीले गम्भीरतापूर्वक लिइएको जनाएको छ ।

प्रतिनिधिसभाबाटसत्तापक्षले जबरजस्ती रुपमा शिक्षा तथा स्वास्थ्य विधेयक पारित गरेको विषयमा कांग्रेसलेपार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै विपक्षि दलललाइृ धोका दिएर विधेयकपास गरेको भन्दै यसका लागि सरकारले मंहगो मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ ।

पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री स्वयंको अग्रसरतामा प्रा डागोबिन्द केसीसँग भएको सम्झौता कार्यान्वयन नहुँदा सरकारप्रति नागरिकको विश्वासमा ह्रासआएको टिप्पणी गर्नुभयो । उहाले कांग्रेसले यस सम्बन्धमा चाँडै राष्ट्रव्यापी रुपमा आफ्नोफरक मत प्रस्तुतिको कार्यक्रम सार्वजनिक गर्ने जानकारी पनि दिनुभयो ।

उहाले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पताल नामेट गर्ने प्रयास गरेरसरकारले प्रतिपक्षलाई द्वन्द्वका लागि खुला आमन्त्रणसमेत गरेको आरोप समेत लगाउनुभयो ।

यसैबीच काँग्रेस संसदीय दलले पनि संसदीय मर्यादा कायम राख्न सभामुखबाट निष्पक्ष एवंविवेकपूर्ण भूमिका निर्वाह नभएको आरोप लगाएको छ ।

सरकारलाई दबाब दिन काँग्रेसलेसंसद्मा गरेको विरोध कायम रहेकै अवस्थामा प्रतिनिधिसभाबाट चिकित्सा शिक्षा विधेयकपारित भएपछि बसेको काँंग्रेस संसदीय दलको आकस्मिक बैठकले सभामुखबाट निष्पक्षता र

निर्भीकताको भूमिका निर्वाह नभएको निष्कर्ष निकालेको मुख्य सचेतक बालकृष्ण खाँढलेजानकारी दिनुभयो । काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेकोआकस्मिक बैठकले संविधानको मर्म र भावना, लोकतान्त्रिक मूल्य तथा संस्दको मर्यादाकायम राख्न संघर्षलाई अझ सशक्त बनाउने निर्णय गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८३ को थालनी

‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

टर्किस एयरलाइन्स विमानको टायरमा आगलागी

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म छब्बिस करोड बढी राजस्व सङ्कलन

हराएका ६५ वटा मोटरसाइकलर र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल

निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न

नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

डेङ्गी सङ्क्रमण बढ्दै, सतर्कता अपनाउन आग्रह

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु