सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कांग्रेसद्वारा नुवाकोटमा शक्ति प्रदर्शन

२०७५ माघ २२, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विदुर । प्रमुख प्रतिक्षी दल नेपाली कांग्रेसले सरकार अधिनायकवादी शैलीमा अघि बढेको भन्दै त्यसको विरोध गरेको छ । कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार सोमबार मुलुकभरका ७७ जिल्लामा ने विरोध प्रदर्शन गरेको छ ।

यस्तै नेपाली कांग्रेस नुवाकोटले पनि सरकारको अधिनायकवादी शैलीको विरोध गर्दै सोमबार जिल्ला सदरमुकाम विदुरमा शक्ति प्रदर्शन गर्दे विरोध गरेको छ । कांग्रेस सभापति जगदीश्वरनरसिंह केसीको नेतृत्वमा कांग्रेसले जुलुस प्रदर्शन गरेको थियो । पार्टी कार्यालय विदुरबाट सुरु भएको जुलुस लोकतान्त्रिक चोक,विदुर,डुंगे हुँदै त्रिशुली बजारको परिक्रमा गरेर सभामा परिणत भएको थियो ।

त्रिशुली बजारमा आयोजित सभालाई कांग्रेसका नेताहरुले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सरकारले जनताले दिएको वाचालाई तोड्दै अधिनायकवादी शैलीमा अघि बढेकाले कांग्रेस विरोधमा उत्रिनु परेको बताउनुभयो ।

उहाले दुई तिहाई समर्थन प्राप्त सरकारले जनतालाई राहत दिनुको साटो झन आहत बनाएको आरोप लगाउनु भयो । नेता केसीले वर्तमान सरकार वाईडबढी भ्रष्टाचारमा डुबेको भन्दै त्यसलाई जोगाउनका लागि कांग्रेस नेताहरुलाई समेत अनावश्यक रुपमा आरोप लगाउने काम गरिरहेको आरोप लगाउनुभयो ।

पार्टी सभापति तथा पूर्व सांसद जगदीश्वरनरसिंह केसीले निर्मला पन्थको हत्यारा जोगाउन सरकार नै सक्रिय रहेको भन्दै त्यसका विरुद्ध कांग्रेसलभण्डाफोर गर्ने चेतावनी दिनुभयो ।

सभापति केसीको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस नुवाकोटका पूर्व सभापति धुव्र अधिकारी, जिल्ला समन्वय समितिका संयोजक सन्तमान तामाङ,क्षेत्रीय सभापति अर्जुन न्यौपाने,प्रदेश सांसद कल्पना नेपाली, महिला संघकी अध्यक्ष विन्दा अर्याललगायतले मन्तव्य राख्नु भएको थियो । सभाा गाउँ गाउँबाट आएका कांग्रेस कार्यकर्ता सदरमुकाम विदुरमा विरोध प्रदर्शनमा सहभागि भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस

‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन

दिगो तथा आत्मनिर्भर अर्थतन्त्रका लागि महालेखापरीक्षकको कार्यालयका सुझाव

नेपाल प्रहरीका ४६ जना एसपीको एकसाथ सरुवा (सूचीसहित)

एकसाथ १४९ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

चलचित्र ‘लालीबजार’ को मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

राजदूत ओली र रोयल थाई प्रहरीका विशेष कार्यदलबीच भेटवार्ता

कालीगण्डकी करिडोरः बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

रुस–युक्रेनबीच युद्धबन्दी साटासाट