सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एनसेलले ३८ अर्ब कर तिर्नुपर्ने

२०७५ माघ २४, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सर्वोच्च अदालतले एनसेल बिक्रीबापतकोे लाभकर कसले तिर्ने भन्ने विवादकोमुद्दामा एनसेल र मलेसियन कम्पनी एक्जिएटा दुवैले नै लाभकार तिर्नुपर्ने फैसला सुनाएको छ।सरकारी वकिल हरिशङ्कर ज्ञवालीका अनुसार सर्वोच्च अदालतको सो आदेशपछि एनसेल रएक्जिएटा कम्पनीले सरकारलाई करीब ३८ अर्ब कर तिर्नुपर्छ ।

सो कर नतिरेसम्म एनसेललाईकरीब सात अर्ब लाभांश देश बाहिर लानसमेत रोक लगाइएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीश मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ,डा आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको बृहत् पूर्ण इजलाशले आज एनसेलबिक्रीबापतको लाभकर कम्पनी नियन्त्रणमा लिएर सञ्चालन गर्नेले नै तिर्नुपर्ने फैसला गरेकोहो ।

एनसेल बिक्रीबापतको लाभकर सोही कम्पनीबाट असुलउपर गर्न अदालतले परमादेशजारी गर्दै सो कम्पनीले दायर गरेको रिट निवेदनसमेत खारेज गरेको छ ।एनसेलमा स्वीडेनकम्पनी टेलिया सोनेराले ८० प्रतिशत लगानी गरेको थियो ।

यसअघि ठूला करदाताकार्यालयले सो टेलिया सोनेरा कम्पनीले रु ६१ अर्ब तिर्नुपर्ने कर निर्धारण गरेको थियो । टेलिया सोनेरा कम्पनीले मेलेसियन कम्पनी एक्जिएटा कम्पनीलाई ८० प्रतिशत शेयर बिक्रीगरेकाले कर कसले तिर्ने भन्ने विवाद सर्वोच्च अदालतमा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ अर्थमन्त्रीले सदनमा प्रस्तुत गर्नुभएको आगामी आवको बजेटको प्राथमिकताको पूर्ण पाठ

नेप्से परिसूचक १० अङ्कले घट्यो

नीति तथा कार्यक्रममा कृषिको व्यावसायिकीकरण, पर्यटन प्रवद्र्धन र रोजगारी वृद्धिका विषय समावेश गर्न आग्रह

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

तिजी पर्वले लोमान्थाङमा पर्यटक चहलपहल बढ्यो

भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ७७ हजार राजस्व सङ्कलन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

‘डिजिटल’ अर्थतन्त्र र सुशासन केन्द्रित बजेट ल्याइने

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

रुपन्देही पर्यटकीय ‘हब’ बन्दै, होटल क्षेत्रमा उच्च लगानी