सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

आउँदा वर्ष उपलब्धि मुलुक हुन्छन् ः प्रधानमन्त्री

२०७५ फागुण ३, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपामा अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्नुभएको एक वर्ष पुराभएको छ । सरकरा गठन भएको एक वर्ष पुरा भएको र यस अवधिमा सरकारले गरेकाकामका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्दै प्रष्टपार्नुभएको छ । प्रधानमन्त्रीले सरकार आफ्नो लक्ष्यमा सफल भएको समेत दावी गर्नुभयो ।

आफ्नो नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा भएका अवसरमा आजदेशवासीको नाममा सम्बोधन गर्दै उहाँले आर्थिक समृद्धिको आधारसमेत तयार भएकोबताउनुभयो ।प्रधानमन्त्रीले भन्नुभयो, “नेपाल बन्छ, बनाउनै पर्छ । हो, हरेक चिजको आयु हुन्छ, समयको सीमा हुन्छ, मान्छेको ज्ञानको सीमा छ, सामथ्र्यको पनि सीमा हुन्छ तर मैले भन्दै आएको छु इमानको कुनै सीमा हुन्न निष्ठाको कुनै निर्धारित आयु छैन ।

इमान र निष्ठाका साथ काम गर्न कसैलाई कुनै अतिरिक्त प्रशिक्षणको पनि खाँचो पर्दैन ।”
सरकारले निष्ठापूर्वक काम गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले पहिलो वर्ष आधारखडा गरेको र आगामी वर्ष उपलब्धिका वर्ष हुने स्पष्ट पार्नुभयो । पाँच वर्षको कार्यकाल पूरागरेर अर्को आम निर्वाचनमा जाँदा घोषणपत्रमार्फत आफूहरुले व्यक्त गरेको प्रतिबद्धता पूराग¥र्यौं है भन्ने अवस्थामा पुग्ने उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “तपाईं हामीले देख्ने सपनाअर्कै हुनेछ ।”जनताबाट प्राप्त हुने सुझाव, टिप्पणी र आलोचना सरकारका लागि मार्गदर्शक

रहेको भन्दै उहाँले ठूलो विश्वासका साथ जिम्मा दिएर पठाएको वर्तमान सरकारलाईखबरदारी गर्ने जनताको सार्वभौम हकलाई उच्च सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।आलोचनाका नाममा लोकतान्त्रिक प्रणाली, संस्था र सामाजिक सद्भावमाथि प्रहारगर्ने जाग्न थालेका प्रसङ्ग उल्लेख गर्दै जनताको आशामाथि चिसो पानी खन्याउँदै निराशा,हतासा र कुण्ठा प्रवाहित गर्ने तथा समाजमा अस्थिरता सिर्जना गर्ने कुरा भने उचित नहुनेप्रधानमन्त्रीको भनाइ थियो ।

उहाँले भन्नुभयो, “इतिहासले समृद्ध नेपाल निर्माणको अभिभारा प्रधानमन्त्रीका रुपमा मेरो र बहुमत प्राप्त दलका रुपमा नेकपाको काँधमा सुम्पिदिएको छ, तर हामीहरु त निमित्त मात्रै हौँ, यो अभियान हामी सबैको हो । यस यात्रामा हामी सबै सहयात्री हौँ, मुलुक सवल समृद्ध र समुन्त बन्दा हामी सबैको मुहारमा उज्यालो छाउँछ । हामी सबैको शिर उचो हुन्छ ।

”निर्वाचनको परिणामबाट राजनीतिक स्थायित्व प्राप्त भएको र त्यो संसद् तथा अन्य निर्वाचित निकायमार्फत अभिव्यक्त भएको सन्दर्भ जोड्दै प्रधानमन्त्रीले सरकार आर्थिक स्थायित्वतिर अग्रसर भएको र त्यसमा रहेका चुनौती के के हुन् मात्र नभई कोको हुन् भन्ने पनि राम्रैसँग थाहा भएको बताउनुभयो ।

“कतिलाई यही स्थायित्व अभिशाप बनेको हुनसक्छ, राजनीतिक स्थायित्वलाई तेजबोध गर्न कृत्रिम घटना सिर्जना गर्ने र त्यसैका आधारमा सामाजिक अराजकता फैलाउन उद्धत छन् तर समृद्ध नेपाल निर्माणको यस ऐतिहासिक यात्रामा हिँड्दै गरेका बेला इमान र निष्ठाको साहराले अवरोध भत्काउँदै आएका छौँ र तोड्दै जानेछौँ”, प्रधानमन्त्रीले भन्नुभयो केही मानिसमा विचारधारात्मक आग्रह पूर्वाग्रह देखिएको, जनतालाई सबै हिसाबका सार्वभौम तुल्याउने र सबल बनाउने अभियानबाट ध्यान बराल्न लोकतन्त्र खुम्चिना थाल्यो, अधिनायकबाद आयो भन्ने अफवाह फैलाइएकोप्रति प्रधानमन्त्रीले दुःख व्यक्त गर्नुभयो ।

फैलिएको र फैलिँदो परिपूर्ण लोकतन्त्रलाई खुम्चिएको देख्नु, आश्चर्यलाग्दो दृष्टिदोष मात्रै हो भन्दै प्रधानमन्त्री भन्नुभयो, “लोकतन्त्र हाम्रा लागि आदर्श हो, थितियुक्तसुसङ्गत र परिस्कृत व्यवस्था हो, जिविका चलाउने व्यवसाय हैन, यो कसैले कृपा गरेरस्थापना गरिदिएको र हामीले सुविधासाथ भोगचलन गर्न चाहेको व्यवस्था हैन ।

हाम्रा सचेतसुविचारित र बलिदानीपूर्ण सङ्घर्षले स्थापना गरेको आदर्श हो ।”वर्तमान सरकारको पहिलो वर्षको कार्यभारलाई राज्यको संरचनागत व्यवस्थापन र समृद्धिको आधार वर्षका रुपमा उल्लेख गरेको स्पष्ट पार्दै प्रधानमन्त्रीले गत वर्षलाई आगामी पाँच वर्षको मात्रै नभई भविष्यको पनि आधार वर्षका रुपमा लिइएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “आज गरिने काम भविष्यका लागि आधार हो, राजनीतिक स्थिरतालाई मैले समृद्धितर्फको यात्राका लागि एउटा आधार मानेको छु ।” मैदान सम्याउन र जग बसाल्न अवरोध गर्नेले नै खै घर बनाएको भनेर गरिएका प्रश्नलाई अहिले सामना गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउँछौँः सभापति लामिछाने

सुकुमवासी समस्याको दीर्घकालीन समाधान आवश्यक छः अध्यक्ष घिसिङ

कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखौँः सभापति लामिछाने

अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा सम्मान र सुरक्षाबारे विमर्श

रास्वपाको सचिवालय बैठक बस्दै

एमालेद्धारा २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन

आवासको हकलाई सरकारले सम्मान गर्नुपर्छ: अध्यक्ष राई

राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ: सभापति थापा

जनताले नयाँ अनुहार मात्रै होइन, नयाँ सोच र कार्यशैली खोजिरहेका छन्: उपनेता पराजुली

रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु

नेपाल महिला संघको अध्यक्षमा मीना खरेल मनोनित

श्रम संस्कृति पार्टीमा सुदन किरातीको इन्ट्री, उपाध्यक्षसहित १५ केन्द्रीय सदस्य पाउने सहमति