काठमाण्डौं: अफगानिस्तानको राष्ट्रपति भवनमा कार्यरत ३ दर्जन बडी कर्मचारीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।
कार्यालयका २० जनामा देखीएको संक्रमण आइतबार उक्त संख्या ४० पुगेको न्यूयोर्क टाइम्सले जनाएको छ। अफगान सरकारले यस विषयमा हालसम्म कुनै पनी टिप्पणी दिएको छैन् ।
अफगान सरकारको शनिबारसम्मको तथ्यांक अनुसार ९ सय ३३ जना कोरोना भाइरसका संक्रमित रहेका छन् भने ३३ जनाको ज्यान गएको छ। कोरोना परीक्षण सीमित भएको अफगानिस्तानको स्वास्थ्य प्रणाली द्वन्द्वको कारण दशकौ देखि खराब रहँदै आएको छ।
त्यसैले अफगानिस्तानान कोरोना संक्रमण सरकारले भने भन्दा बढी हुनसक्ने अनुमान गरीएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।
