सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एमसीसी पास गर्ने र विदेशी जनतालाई नागरिकता दिनेलाई जनताले भोट दिन्छन् भन्ने विश्वास छैन। – चित्र बहादुर केसी (अन्तवार्ता)

२०७९ भाद्र २४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सत्ता गठबन्धनले किन सिट बाँडफाँटको टुंगो अझैसम्म लगाउन सकेन, खास विवाद के हो ?

सबैले आ–आफ्नो पक्षमा धेरै सिट पाए हुन्थ्यो जस्तो गरेका छन्। तर, अब यो चाँडै टुंगिन्छ। सुरुमा हामीले संघमा दुई र प्रदेशमा सात सिट मागेका छौँ। ठूला भनिएका दलले धेरै चाहियो भनेका छन्। कार्यदलले एउटा खाका बनाएर शीर्ष नेतालाई बुझाइसकेको छ। अब आज शीर्ष तहको बैठक बसेर सिटको विषय टुंगो लगाउँछ। हामीले आफ्नो जनधार नभएको ठाउँमा सिट मागेको छैन। ठूला दललाई सबै ठाउँ चाहिने कुराले सिट बाँडफाँटको विषय अड्किएको हो। सम्भवत आज यो टुंगोमा पुग्छ।

संघीयता खारेज गर्नु पर्दछ भन्ने तपाईंहरू कसरी संघीयताका पक्षधर दलसँग मिल्नु भयो र चुनाव लड्दै हुनुहुन्छ ?

सबै कुरा मिलेपछि नै गठबन्धन गर्नु पर्दछ भन्ने सोचाई सबैको छ। तर, सबै कुरा मिले त एउटै पार्टी हुन्छ। संयुक्त मोर्चाको नीति, कार्यगत एकताको नीति भनेको त्यसको सैद्धान्तिक र व्यवहारिक पक्ष हो। हामीले पञ्चायती व्यवस्थाको विरुद्धमा सहकार्य गर्दा एकातिर नेपाली कांग्रेसलाई विरोधी शक्ति भने पनि उनीहरुसँग कार्यगत एकता गरेर पञ्चायत ढाल्ने अभियानमा लाग्यौँ। सहमति भनेको मिलेर जाने हो। मिलेर अगाडि बढ्ने सबै कुरा मिल्नुपर्छ भन्ने हुँदैन। हामीले संघीयता छोडेर कार्यगत एकता गर्ने सहमति गरेको होइन। अहिले पनि एमसीसी पास गर्नेलाई र विदेशी जनतालाई नागरिकता दिनेलाई जनताले भोट दिन्छन् भन्ने विश्वास छैन। हामी नेताहरूले केही गरेनन् भन्छौँ। तर, सिंहदरबार जाने लाइसेन्स त सबै जनताले नै दिने हो। हामीले गणतन्त्र र ७२ को संविधानलाई बचाउन मात्र एकता गरेका हौँ। चुनावमा हाम्रा एजेन्डा जनतासँग प्रष्टसँग राख्छौँ।

प्रदेशको पाँच वर्षे कार्यकाललाई तपाईंले कसरी मूल्याङ्कन गर्नुभयो ?

संघीय प्रदेश सबै भन्दा बदनाम भयो। पार्टीका नेता र कार्यकर्ता थन्क्याउने ठाउँ, नेपाली जनताले दिएको रेमिटेन्स खारेज गर्ने ठाउँ भयो। त्यसैले संघीयता खारेज हुनुपर्दछ भनेर राष्ट्रिय जनमोर्चाले भनेको छ। यसलाई जनताले बुझ्न समय लाग्छ। हामीले भन्ने बित्तिकै खारेज हुँदैन।

तपाईंले नागरिकता विधेयकको निकै चर्को विरोध गर्नुभयो। बाहिर विरोध गर्ने तपाईं सत्ता गठबन्धनका शीर्ष नेतासँग यो विषयमा किन बोल्नु भएन ?

भनेको हो। तर, उनीहरूले कुरा सुनेर केही हुँदैन। नेपाली जनताले हाम्रो कुरा सुन्नु पर्छ । विदेशीलाई वंशको नागरिकता दिनु भूगोलमाथिको आक्रमण हो।

आउँदै गरेको चुनावमा तपाईंहरू के कस्तो एजेन्डा बोकेर जनतासँग जानु हुन्छ ?

७२ को संविधानको अन्त्य हुनुपर्दछ। भ्रष्टाचारको अन्त्य हुनु पर्दछ। जनजीविका सुरक्षित हुनु पर्दछ हाम्रा एजेन्डा यिनै हुन्। खबरहब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संविधान संशोधन हुनुपर्छ भन्ने हाम्रो पहिलेदेखिको मागमा दृढ छौँ : लोसपा वरिष्ठ उपाध्यक्ष, जितेन्द्र सोनल (अन्तवार्ता)

काँग्रेसले हिन्दु राष्ट्रमै जाऔं भन्ने गरिरहँदा हामीले त्यसलाई गम्भीर रूपमा लिएकै हौं : माओवादी उपमहासचिव, वर्षमान पुन (अन्तवार्ता)

नेतृत्वप्रति नै अविश्वसनियता बढेकोले चौध महिनामा तीन पटक सरकार परिवर्तन भए : काँग्रेस नेता, रमेश लेखक (अन्तवार्ता)

आधारभूत प्रश्नबाट कांग्रेस पछि हटेपछि विश्वासको सङ्कट पैदा भयो : प्रवक्ता, अग्नी सापकोटा (अन्तर्वार्ता)

अर्थतन्त्र केही दबाब वा चापमा छ, गतिमा मन्दी आए पनि संकटमै छैन : अर्थमन्त्री, वर्षमान पुन (अन्तवार्ता)

हामी राजनीतिक रूपमा दुवै छिमेकीसँग समनिकटताको सम्बन्ध राख्छौँ : परराष्ट्रमन्त्री, नारायणकाजी श्रेष्ठ (अन्तवार्ता)

जनतालाई डेलिभरी दिनुपर्छ भन्ने आत्मविश्वासका साथ सत्ता समीकरणमा साझेदार भएका हौं : विनाविभागीय मन्त्री, डीपी अर्याल (अन्तवार्ता)

कांग्रेसका कारण गठबन्धन टुटेको होइन, प्रधानमन्त्रीकै कारण टुटेको हो : एनपी साउद, (अन्तवार्ता)

राष्ट्रिय सभाको गरिमा बढाउन र स्तर वृद्धि गर्नका लागि त्यही खालका प्रतिनिधि सदनमा जानुपर्छ : राष्ट्रियसभा अध्यक्ष, गणेश प्रसाद तिमिल्सिना (अन्तवार्ता)

वडादेखि केन्द्रसम्म अधिवेशन गरेर सबै ठाउँमा नेतृत्व चयन गरौं : लोसपा नेता, सर्वेन्द्रनाथ शुक्ल (अन्तवार्ता)

सर्वोच्चमा नियक्ति हुने न्यायाधीशको हकमा पनि केही प्रावधान राखौं : डा. श्रीकृष्ण भट्टराई, पूर्व न्यायाधीश (अन्तवार्ता)

संविधान र कानुनले नचिनेको यो व्यवस्थामा पुनरवलोकन गर्नुपर्ने देखिन्छ : प्रमुख निर्वाचन अधिकृत, दिनेश थपलिया (अन्तवार्ता)