सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पुस्तक ‘सात जुनी’ बिक्रीबाट आएको सबै रकम समाजसेवामा

२०७९ भाद्र २६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंःउपन्यासकार मणि नेपाली पनेरुले आफ्नो पुस्तक ‘सात जुनी’को बिक्री वितरणबाट प्राप्त सम्पूर्ण रकम समाजसेवामा लगाएका छन् ।

शनिबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै पनेरुले गत महिना लोकार्पण भएको उक्त पुस्तकको बिक्रीबाट प्राप्त एक लाख हस्तान्तरण गर्दै माइती नेपालीकी संस्थापक एवं सिएनएन हिरो अनुराधा कोइरालाको हातबाट हेमा पनेरु अध्यक्ष तथा कलाकार अविनाश न्यौपाने उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष रहने गरी ‘सात जुनी विकास कोष’को घोषणा गरे ।

अमेरिका बस्दै आएका गोरखाका पनेरुले सौरपानीलाई नै आधारविन्दु बनाई त्यहाँमा तमाम समस्या समाधानमा विकास कोषले काम गर्ने बताए । ‘पुस्तक बिक्रीको सम्पूर्ण रकम मेरो जन्मभूमि सौरपानीको विकासमा सदुपयोग गर्ने निर्णय भएकाले यो कोषको घोषणा गरेको छु । यो प्रयास मेरो मातृभूमि नेपालप्रतिको सङ्लो मायाले प्रेरित छ र म नेपाललाई प्रेम गर्छु भन्ने साङ्केतिक सत्कार्य हो’, पनेरुले भने, ‘विश्वव्यापी सोचौं र स्थानीय रुपमा काम गरौँ भन्ने यो मेरो एक सन्देश पनि हो ।’

विकास कोषको घोषणा गर्दै कोइरालाले काठमाडौंमा बसेर गाउँको कुरा गरेर चुनावको बेला मात्र मुख देखाउन गएर गाउँ समाजको विकास नहुने बताइन् । गत महिना पनेरुद्वारा लिखित चार कृतिहरु उपन्यास ‘सात जुनी’, बालकविता संग्रह ‘हाम्रो झन्डा’, गीति संग्रह, ‘स्वर्गको गाथा’ र कविता संग्रह ‘मुटु हराएको मान्छे’ एकसाथ लोकापर्ण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

साहित्यका पारखी बालकृष्ण

‘जून ओर्लेको रात’ बजारमा

अविरल जनसाहित्य यात्रामा पौडेलका कविता

तीन स्रष्टालाई ‘वानीरा पुरस्कार’

कार्यकारी अध्यक्षद्वारा लिखित ‘शहरक भीडमे एसगर हम’ सार्वजनिक

केदार पोखरेलको कविता सङ्ग्रह ‘मान्छे मार्ने तलाउ’को लोकार्पण

विश्वमञ्चमा नेपालीले उल्लेखनीय प्रगति गरेका छन् : प्रधानमन्त्री

चैत १७ गते बृहत् ‘साङ्गीतिक गजल गुञ्जन’

एक हजार एक सय वढी पृष्ठको संग्रहणीय पुस्तक सार्वजनिक

सहित्यकार लामाको ‘स्मृतिका बिम्बहरू’ विमोचन

‘देय् नइगु बाखं’ सार्वजनिक

‘नदीको राजमार्ग’माथि परिचर्चा