सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

महिलाको पेटबाट निकालियो ४५ किलोको ट्युमर, १४ डाक्टरले दुई घण्टा लगाए

२०७९ भाद्र २८, मंगलबार

काठमाण्डौः एक महिलाको पेटबाट चिकित्सकहरूले करिब ४५ किलो ओजनको ट्युमर निकालेका छन् । शल्यक्रियामा संलग्न डाक्टरहरू यति ठूलो ट्युमर देखेर छक्क परे । किनकि, उनीहरूले यसअघि यति ठूलो ट्युमर कुनै बिरामीमा देखेका थिएनन् ।

घटना ब्राजिलको रियो दि जेनेरियोस्थित साव जोस दु अभाइ (São José do Avai) अस्पतालको हो । न्युज एजेन्सी डेलीमेलका अनुसार सास फेर्न गाह्रो भएपछि ४५ वर्षीया महिलालाई अस्पताल भर्ना भएकी थिइन् । परीक्षणपछि डाक्टरले गत बुधबार सर्जरी थाले । र, महिलाको शरीरबाट १०० पाउण्ड ९४५ किलो ट्युमर बाहिर निकाले ।

समाचारमा जनाइएअनुसार, यो शल्यक्रिया पूरा गर्न १४ जना डाक्टरलाई पूरै २ घण्टा लागेको थियो । ट्युमर ४ फिट चौडा र ९ इन्च लामो थियो । अस्पतालका डा। ग्लोसियो बोचेटले फेसबुकमा ट्युमरका केही तस्वीर शेयर गरेका छन् । तस्वीर हेर्दा जोकोहीलाई अनौठो लाग्न सक्छ, यति ठूलो ट्युमर लिएर ती महिला पाँच वर्षदेखि कसरी बाँचिरहेकी थिइन् ।

डाक्टरहरू महिलाको स्वास्थ्य परीक्षणका केही रिपोर्ट पर्खिरहेका छन् । रिपोर्ट आएपछि महिलालाई क्यान्सर भएको वा नभएको थाहा हुने छ । महिला अहिले पनि अस्पतालमै छिन् । उनको हालत स्थिर छ । मेडिकल उपकरणको मद्दतबिना उनी सास लिन सक्छिन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सपनामा अर्कै केटासँग श्रीमती देखेपछि यी व्यक्तिले ब्युँझिएर हाने छुरा, भए फरार!

मानिस तनावमा छन् भन्ने कुकुरले कसरी पत्ता लगाउछन्ः अनुसन्धान

राष्ट्रिय ठोकठाक अभियान

दशैँमा कति र​ कसरी खाने मासु ?सही तरिका जानी राखौँ

कुन समयको सेक्सले दिन्छ बढी सन्तुष्टी ?

भारत चिट्ठा: केरलामा ४० करोड रुपैयाँको चिट्ठा जितेका व्यक्ति सहयोग माग्नेहरूबाट ‘दिक्क’

गाईको गोबरबाट बन्यो सावुन, शरीरमा गर्दैन कुनै हानि

डिभोर्स गर्नै नपाइने विश्वको एक मात्र देश फिलीपीन्स

नेदरल्याण्ड: जहाँ कैदी नै छैन्, सबै जेल खाली

मासिक ३ लाख तलबमा ‘गर्लफ्रेन्ड’ खोज्दै विज्ञापन ! कति छ उमेरहद ?

मानसिक स्फूर्तिका लागि कम्पनीले दियो कर्मचारीलाई ११ दिन बिदा

पृथ्वीबारे यी रोचक तथ्य थाहा पाउनु भएको छ ?

%d bloggers like this: