सदाबहार खबरको रफ्तार ....
बैसाख १३, २०८१ बिहिबार
April 25, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘कालजयी नेपाली कविता’ प्रकाशित

२०७९ असोज १, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कवि एवं कूटनीतिज्ञ कृसु क्षेत्रीले ‘कालजयी नेपाली कविता’ नामक ऐतिहासिक कृतिको सम्पादन गरेका छन् ।

सुवानन्द दासको पहिलो नेपाली कविता ‘पृथ्वीनारायण’ (विक्रम संवत् १८३१) देखि समकालीन कविता फाँटका प्रतिनिधि कविहरूको कवितालाई सम्पादन गरी कृतिमा समावेश गरिएको छ ।

बीपी कोइराला नेपाल भारत फाउन्डेसनद्वारा प्रकाशित कृतिमा यस अवधिका १०१ कविहरूका १/१ वटा कालजयी कविता संग्रहीत छन् । सम्पादक क्षेत्रीका अनुसार निकट भविष्यमै कृतिलाई हिन्दी र अंग्रेजी भाषामा अनुवाद गरेर प्रकाशन गरिनेछ ।

नेपाली कविता परम्परामा प्रत्येक कालखण्डका केही कविता भाषा, शैली, शिल्प र समयसापेक्ष जस्ता विशिष्ट गुण भएका पाइएको सम्पादक क्षेत्रीले बताए । उनका अनुसार समयसीमामा नबाँधिई अमरत्व प्राप्त गरेका कालजयी कविताहरू एकैठाउँमा संकलन हुन सकेको थिएन ।

विशेषगरी नेपाली कविताको विभिन्न मोड, आयाम र प्रवृत्तिलाई समाविष्ट गर्न नसकिएको अवस्थामा यो संकलन नेपाली साहित्यका गम्भीर पाठक, अध्येता र शोधकर्ताका लागि निकै उपयोगी, पठनीय र संग्रहणीय हुने विश्वास फाउन्डेसनले लिएको छ ।

प्रथम कवि सुवानन्द दास, यदुनाथ पोखर्याल, भानुभक्त आचार्य, ज्ञान दिलदास, मोतीराम भट्ट, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, माधवप्रसाद घिमिरे, मोहन कोइराला, भूपि शेरचन, हरिभक्त कटुवाल, पारिजात, ईश्वर वल्लभ, वैरागी काइँला, तुलसी दिवस, वानिरा गिरि, कुन्ता शर्मा, कृष्णभुषण बल, विष्णुविभु घिमिरे, सरूभक्त, कृष्ण सेन इच्छुक, दिनेश अधिकारी, दुबसु क्षेत्री, श्रवण मुकारुङ आदिका बहुचर्चित कविताहरू संकलित प्रस्तुत संग्रह नेपाली कविताको इतिहासमा कोसेढुंगा सावित हुने विश्वास प्रकाशकले लिएको छ । लोकान्तर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

छिन्नलता गीत पुरस्कारको घोषणा

जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी

तारिणीप्रसाद कोइरालाको उपन्यास “प्रभा” सार्वजनिक

‘आर्टिष्ट कलाकारलाई स्थानीय स्तरबाट संरक्षण गर्नुपर्छ’

‘विनोद–सुमन’ पत्रकारिता पुरस्कारको घोषणा

नेता महतोको ‘अधुरा क्रान्ति’ सार्वजनिक

अन्तर्राष्ट्रिय कवि सम्मेलन

साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन

तीन सर्जकका तीन कृति लोकार्पण

‘स्रष्टा चैत्र ३०’ सम्मान पौडेल र मालीलाई

गीतकार थापा र गायिका देशार सम्मानित

‘वसन्त रितु’ मा सबै जाति र भाषा फलाउने–फुलाउने सन्देश