सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भिक्टर प्रधानकाे ‘बिडुडभ र कपिलवस्तुको पतन’ बजारमा

२०७९ असोज २, आइतबार

काठमाडाैंः बुद्धकालका ऐतिहासिक घटना तथा गौतम बुद्धबारे अनेक कृति लेखिएका छन् । यही मेसोमा भिक्टर प्रधानले लेखेको ऐतिहासिक उपन्यास ‘बिडुडभ र कपिलवस्तुको पतन’ वी रिडले हालै बजारमा ल्याएको छ ।

उपन्यासमा बुद्ध जन्मभूमि कपिलवस्तु राज्यको उदय र पतनको कथा छ । कपिलवस्तुको वैभवशाली गौरवको विस्तृत जानकारी समेटिएको उपन्यासमा शाक्य वंशको विनाशको बीज कारण र जातीय रक्तशुद्धिको रोचक घटना प्रस्तुत गरिएको छ ।

उपन्यासमा बुद्ध झल्याकझुलुक देखापर्छन् तर यो बुद्धको जीवनी होइन । उनको वंश शाक्यहरूको विनाशको कथालाई प्रधानले आफ्नै शैलीमा लेखेका छन् । दासीपुत्रीलाई कपिलवस्तुका राजाले शाक्यपुत्री भनेर झुक्याएर कोशल राजा प्रसेनजितसँग विवाह गराएको र त्यो षड्यन्त्र राजकुमार बिडुडवले थाहा पाएपछिको घटनाक्रमलाई उपन्यासकारले रोचक तरिकाले प्रस्तुत गरेका छन् ।

कपिलवस्तुको पतनपछि बाँकी रहेका शाक्यहरू कहाँ कहाँ पुगे ? के बिडुडभले कोशलको साम्राज्य कायमै राख्न सके ? आफ्नो वंशमाथि बिडुडभले आक्रमण गर्दै छन् भन्ने थाहा पाएका बुद्धले किन रोक्न सकेनन् युद्ध ? कुनै दिन कपिलवस्तु राज्य सिद्धिन्छ भन्ने लागेरै बुद्धले राजपाठ त्यागेका थिए त ? यस्ता अनेकौं प्रश्नमाथि उपन्यासले नयाँ कोणबाट बहस सिर्जना गरेको छ । इतिहासप्रति चाख राख्नेहरूका लागि उपन्यास थप महत्वपूर्ण बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘बौद्ध कथा’ र ‘मञ्जुश्रीको नेपालयात्रा’ पुस्तक लोकार्पण

सुरक्षाको कोणबाट नेपाल चिनाउने पुस्तक नेशनल सेक्युरिटी एण्ड दी स्टेट: अ फोकस अन नेपाल‘ सार्वजनिक

कथासंग्रह ‘तनुजा’ सार्वजनिक

गौतम धिमाललाई आईपीए अवार्ड

प्रदीप रोदनको ‘मफलर’ लोकार्पण

कवितासंग्रह ‘यारी’ सार्वजनिक

दिलीप ढकालको उपन्यास ‘छलाङ’ लोकार्पण

कृति ‘ऋतंभरा महाकाव्य’ लोकार्पण

जीवनकुमार प्रसाईंको नयाँ पुस्तक ‘धेरैको धपेडी’ सार्वजनिक

रङ्गकर्मी पोखरेललाई नाट्य सङ्गीत सम्मान

कवि राजेन्द्र तारकिणीको ‘बिगन रामको मादल’ सार्वजनिक

किड क्विन नेपालले देखाए प्रतिभा

%d bloggers like this: