सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सैनिक, कर्मचारी र परिवारलाई हवाई र बस सेवा मार्फत दशैंमा घर पठाँउदै नेपाली सेना

२०७९ असोज २, आइतबार

काठमाण्डौंः नेपाली सेनाले यस वर्षको बडादशैंमा बिदामा घर जाने सैनिक कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै निःशुल्क हवाई र बस सेवा सञ्चालनमा ल्याएको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले नेपाली सेनाले प्रदान गर्दै आइरहेको विभिन्न कल्याणकारी सेवा सुविधाअन्तर्गत सहुलियतको यातायात सुविधा प्रदान गर्ने उद्देश्यका २९ भदौदेखि १८ असोजसम्म सेनाद्वारा हवाई मुभ सञ्चालन गरी सकलदर्जा तथा आश्रित परिवारहरूलाई आ–आफ्नो गन्तव्य स्थालसम्म पुर्‍याउने कार्य भइरहेको जनाएको छ।

सडक सञ्जालको सहज पहुँच पुगेका स्थानहरूमा जमिनी बाटो (बस)बाट र सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी र हिमाली क्षेत्रहरूमा हवाई उडान सञ्चालन गर्ने योजनाअनुरूप हालसम्म हवाई उडानमार्फत १३४ जना सकलदर्जा एवं आश्रित परिवारहरू लाभान्वित भएका र जमिनी मुभ ४ असोजबाट सञ्चालन हुने जनाइएको छ।

प्रधानसेनापति प्रभुराम शर्माले पदबहाली भएपश्चात् सकलदर्जालाई गरेको सम्बोधनमा उल्लेख भएको यो कार्यक्रम नेपाली सेनाले आफ्ना सकलदर्जा तथा आश्रित परिवारहरूलाई प्रदान गर्दै आइरहेको कल्याणकारी सेवा सुविधाहरूअन्तर्गत सञ्चालन गरिएको हो । गत वर्ष यस सुविधाअन्तर्गत हवाई उडानमार्फत ११२ जना र जमिनी मुभमार्फत १,३४० जना गरी जम्मा १,४५२ जना सकलदर्जा तथा आश्रित परिवारहरू लाभान्वित भएका थिए ।

साथै यस वर्षको बडादशैंको बिदामा जाने अधिकतम सकलदर्जा तथा आश्रित परिवारहरूलाई जमिनी तथा हवाई यातायातमार्फत सम्बन्धितहरूको गन्तव्यसम्म पुर्‍याउने योजना रहेको सेनाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

निर्वाचन भयरहित बनाउन सरकारी अधिकारीहरुको आग्रह

सञ्चारमाध्यमलाई अनुगमन गर्ने निर्वाचन आयोगको तयारीप्रति प्रेस सेन्टरको आपत्ति

लायन्स क्लब हेरिटेज धरहराको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

कर्णाली प्रदेश प्रमुखको कार्यभार अमिक शेरचनले सम्हाल्ने

जाजरकोट-डोल्पा प्रशारण लाइनको नयाँ ठेक्का

एपीएफ र एसएसबीबीचको समन्वयात्क बैठक सम्पन्न

ट्राफिक नियम उल्लङ्घन गर्ने ३४ सय ९ जना चालक कारवाहीमा

लमजुङमा चर्को भाडा असुल्ने चार गाडी प्रहरी नियन्त्रणमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चङ्गा उडाउन नपाइने

आइकाओको ४१औँ महासभामा सहभागी हुन पर्यटनमन्त्री क्यानडा प्रस्थान

आजदेखि पूर्वीनाकाबाट भारतीय गाडीलाई ‘सुविधा पास’

आगामी निर्वाचनमा मधेश प्रदेशमा २३ हजार म्यादी प्रहरी खटाइँदै

%d bloggers like this: