सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

शिक्षा प्रणालीमा सुधारको खाँचो छ : शिक्षामन्त्री पौडेल

२०७९ असोज ४, मंगलबार

काठमाडौंः शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालको शिक्षा प्रणालीमा सुधारको खाँचो रहेको बताउनुभएको छ । आगामी १५ वर्षका लागि तयार गरिएको शिक्षाको संरचनापत्र–२०७९ सार्वजनिकिकरण कार्यक्रममा मंगलबार उहाँले सो कुरा बताउनुभएको हो ।

नेपलको शिक्षा प्रणालीमा देखिएका समस्यालाई समाधान गरी शिक्षण सिकाइमा सुधार गर्दै लैजाने पौडेलले बताउनुभयो। उहाँले भन्नुभयो, “‘नेपालको शिक्षा नीतिमा देखिएका समस्याहरू समाधानयोग्य छन् । त्यसलाई समाधान गरी शिक्षण सिकाइ परिवर्तन गर्दै लैजानुपर्छ ।”

अब विश्वविद्यालयमा शिक्षणका लागि विश्वविद्यालय सेवा आयोग पास गर्नुपर्ने र विद्यालयमा पढाउन शिक्षक सेवा आयोग उत्तीर्ण अनिवार्य गर्न लागिएको पनि उहाँले जानकारी दिनुभयो ।

पछिल्लो १० वर्षमा शिक्षण सिकाइमा ११ प्रतिशत सुधार आएको उहाँको भनाइ छ । शिक्षण पेसा अधिकार मात्र नभएर सेवाको रूपमा पनि सोच्नुपर्ने मन्त्री पौडेले बताउनुभयो । मन्त्रालयले भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य प्रगति भएको दाबी गरेको छ ।

दुई हजार ७०० वटा विद्यालयतर्फ एक हजार ३०० विद्यालयहरू बनिसकेको र बाँकी विद्यालयहरू तीन वर्षमा निर्माण गर्ने लक्ष्य रहेको उहाँले जानकारी गराउनुभयो । शिक्षासम्बन्धी कतिपय ऐनहरू कानुन मन्त्रालयसहित अन्य निकायमा अड्किएकाले शिक्षासम्बन्धी नयाँ नियमहरू ल्याउन समस्या भएको उहाँले बताउनुभयो ।

यस्तै, नेपालबाट धेरै विद्यार्थी उच्च शिक्षाका लागि बाहिरीमुलुक जानेक्रम अस्वाभाविक रूपमा बढेकाले मन्त्रालय यसको कारणको खोजीमा लागेको मन्त्री पौडेलको भनाइ छ ।

उहाँले भन्नुभयो, “अहिले धेरै विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि बाहिरी मुलुक जानेक्रम अस्वाभाविक रूपमा बढ्दैगएको छ । नेपालको शिक्षामा कमी भएर हो या अन्य केही कारणले हो कारणको खोजीमा मन्त्रालय लागेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

स्नातकोत्तर तह (पोस्ट ग्रेजुएट )को एकिकृत प्रवेश परीक्षाको आवेदन खुला

कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीको नतिजा सार्वजनिक

कक्षा ११ मा निःशुल्क शिक्षाको घोषणा

प्रदेश १ को शिक्षक बढुवा नामावली प्रकाशित (सूचनासहित)

सबै विद्यालयमा दसैँ बिदाबाहेक सूचना अधिकारी तोक्न वीरगञ्ज महानगरको निर्देशन

रुसी विद्यालयमा गोलीकान्डः कम्तीमा १५ जनाको मृत्यु

लुम्बिनी शिक्षा निकेतनको अध्यक्षमा पुनः गोविन्द ज्ञवाली

शैक्षिक गन्तव्यका रूपमा विकास हुँदै ‘रामतुलसी’

मोबाइलको लतले विद्यार्थीको पढाइ रूची घट्दै, शिक्षक र अभिभावक चिन्तामा

सीइओको राजीनामा माग गर्दै केयुकेएलमा तालाबन्दी र धर्ना

असफलताकाे बाटाेमा विद्यालय भौतिक पूर्वाधार कार्यक्रम 

पशुपति माविका नाै विद्यार्थीलाई पञ्चकन्या समूहकाे छात्रवृत्ति

%d bloggers like this: