सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सिम्रौनगढ नगरपालिकाको कार्यालय तोडफोड

२०७९ असोज ५, बुधबार

काठमाण्डौः बाराको सिम्रौनगढ नगरपालिकाको कार्यालयमा तोडफोड भएको छ । शैक्षिक भ्रमणका लागि माग अनुसारको आर्थिक सहयोग नदिएको भन्दै स्थानीय कन्कली मावि, नेरामावि खजानी र नेरामावि कचोर्वाका विद्यार्थीले नगरपालिकाको कार्यालयमा तोडफोड गरेका हुन् ।

करिब ५ सयको सख्यामा विद्यालयबाट आएका विद्यार्थीले कार्यालयमा रहेको कम्प्युटर, सिसी क्यामरा, टेलिभिजन, पंखालगायत इलोक्ट्रोनिक सामान र झ्याल, ढोका, दराज, टेबल कुर्सी जस्ता फर्निचरसहित लाखौ मूल्यको सामग्री तोडफोड गरेर क्षति पुर्याएको मेयर प्रमुख किशोरीप्रसाद कलवारले बताए ।

नगरपालिकाभित्र रहेका ३ वटै विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थीले शैक्षिक भ्रमणको लागि १०÷१० लाख रुपैया आर्थिक सहयोग माग गर्दै एक साताअघि कार्यालयमा लिखित पत्र बुझाएका थिए ।

तर नगरपालिकको नयाँ बैङ्क खाता संचालनमा नआएकोले विद्यालयमा पैसा पठाइएको थिएन । नगर प्रमुख कलवारले अहिले डेङ्गुको प्रकोप पनि रहेको र बैङ्क खाता पनि नखुलेकोले दशैपछि विद्यालयमा पैसा पठाउने विद्यार्थीहरुलाई आश्वासन दिएका थिए ।

सोही विषयमा छलफल गर्न नगरपालिकाका कार्यालयमा ३ वटै विद्यालयका प्रधानाध्यापकहरुसंग छलफल चलिरहेको अवस्थामा विद्यार्थीहरुले एक्कासी ढुङ्गामुडा गर्दै तोडफोड सुरु गरेका हुन ।

कचोर्वा माविका प्रधानाध्यापक शम्भुप्रसाद यादवका अनुसार छलफलमा बैङ्क खाता खुलेपछि विद्यालयको आर्थिक अवस्था हेरेर नगरपालिकाले रकम निकासा गर्ने सहमति भएको छ । ‘कार्यालय बाहिर बसेका विद्यार्थीहरुले छलफलको निर्णय बारे बुझ्दैनबुझी तोडफोड गरेका छन ।’ प्रधानाध्यापक यादवले भने । तोडफोड नियन्त्रणको लागि प्रहरीले प्रहार गरेको लाठी लागेर केही विद्यार्थी सामान्य घाइतेसमेत भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

स्नातकोत्तर तह (पोस्ट ग्रेजुएट )को एकिकृत प्रवेश परीक्षाको आवेदन खुला

कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीको नतिजा सार्वजनिक

कक्षा ११ मा निःशुल्क शिक्षाको घोषणा

प्रदेश १ को शिक्षक बढुवा नामावली प्रकाशित (सूचनासहित)

सबै विद्यालयमा दसैँ बिदाबाहेक सूचना अधिकारी तोक्न वीरगञ्ज महानगरको निर्देशन

रुसी विद्यालयमा गोलीकान्डः कम्तीमा १५ जनाको मृत्यु

लुम्बिनी शिक्षा निकेतनको अध्यक्षमा पुनः गोविन्द ज्ञवाली

शैक्षिक गन्तव्यका रूपमा विकास हुँदै ‘रामतुलसी’

मोबाइलको लतले विद्यार्थीको पढाइ रूची घट्दै, शिक्षक र अभिभावक चिन्तामा

सीइओको राजीनामा माग गर्दै केयुकेएलमा तालाबन्दी र धर्ना

असफलताकाे बाटाेमा विद्यालय भौतिक पूर्वाधार कार्यक्रम 

पशुपति माविका नाै विद्यार्थीलाई पञ्चकन्या समूहकाे छात्रवृत्ति

%d bloggers like this: